Comments Add Comment

कटारी नगरपालिकाका लेखा अधिकृत अख्तियारद्वारा पक्राउ

फाइल तस्वीर

१२ वैशाख, उदयपुर । कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकाललाई अख्यितार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

बुधबार साँझ काठमाडौंको ज्ञानेश्वरबाट उनी पत्रफाउ परेका नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

कोष तथा लेखा नियन्त्रक कार्यालयबाट नगरपालिकाको नाममा पठाइएको रकम आफ्नो खातामा संकलन गरी उनले ३ करोड ९८ लाख हिनामिना गरेको नगरपालिकाको आरोप छ ।

१ करोड ९८ लाख ७५ हजार रुपैयाँका दरले २ पटकको रकम आफ्नो नाममा हालेका ढकालले थापाथलीबाट पटक-पटक गरी २७ लाख बाहेक सबै रकम निकालिसकेको खुलासा भएको छ ।

राष्ट्रिय वाणिज्य वैंकको शाखा कटारीका प्रमुख उमापति वाँस्तोलाले सामाजिक सुरक्षा भत्ता शीर्षकको रकम कोलोनिकाबाट प्राप्त चेकलाई आप\mनो नामसहितको खातामा राखेर थापाथलीबाट निकालेको पाइएको बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment