Comments Add Comment

‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ खारेज नहुने अर्थमन्त्रीको संकेत


१३ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ खारेज नहुने संकेत गरेका छन् ।

काठमाडौंमा आयोजित पूर्वबजेटसम्बन्धी कार्यक्रममा डा. खिमलाल देवकोटाले निर्वाचन क्षेत्र पूर्वधार कार्यक्रम बन्द गर्न सुझाएका थिए । तर, खतिवडाले आफूले चाहेर मात्र यो सम्भव नहुने बताएका छन् ।

उनले भने, ‘डा. देवकोटाले निर्वाचन क्षेत्र पूर्वधार कार्यक्रम बन्द गर्नुस् भनेर लेखेर दिएर मैले सट्ट बन्द गर्न सक्ने भए खुसी त म पनि हुन्थेँ । ट्याक्टफुलका कुराहरु यसरी नै भनिनु पर्ने विषय छन् । यसमा गहन छलफल गर्दैछौं ।’

यो हाल ३ करोड छ । तर, २४० निर्वाचन क्षेत्र १६५ मा घटेपछि सांसदहरुले १० करोड बनाउन माग गरेका छन् ।

अर्थमन्त्री खतिवडाले नयाँ बजेटले सबै क्षेत्रलाई समेटने उनले बताए । उनले अघि भने, ‘कृतिम तथ्यांकहरु राखेर बजेट बनाउँदिनँ । संसददेखि जनतासम्म सन्देश जानु पर्ने भएकाले ट्याक्टफूल पनि हुन्छ ।’

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष डा. हरिभक्त शर्माले नयाँ बजेट उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी ल्याउनपर्ने बताए । आयातित बस्तुहरुको बढदो आकर्षणलाई घटाउँदै लैजानुपर्नेमा उनको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment