+

अन्ततः मेस्सीले पाए आफ्नै नामको ट्रेडमार्क

२०७५ वैशाख  १३ गते १९:४२ २०७५ वैशाख १३ गते १९:४२
अन्ततः मेस्सीले पाए आफ्नै नामको ट्रेडमार्क

१३ वैशाख, काठमाडौं । बार्सिलोनाका फुटबल स्टार लियोनल मेस्सीले झण्डै ७ वर्षको कानुनी लडाइँपछि आफ्नै नामको ट्रेडमार्क पाएका छन् ।

युरोपियन अदालतको फैसलापछि अब खेल सामग्रीहरुमा मेस्सीले आफ्नै नामको टेडमार्क प्रयोग गर्न पाउने छन् । मेस्सीको नामको ट्रेडमार्कका लागि स्पेनिस साइकलिङ ब्राण्ड मास्सीले बखेडा झिकेको थियो । उस्तै नाम सुनिने हुँदा मेस्सीलाई ट्रेडमार्क दिन नहुने कम्पनीको भनाइ थियो ।

तर, अदालतले मेस्सी विश्व प्रख्यात फुटबलर भएकाले मास्सी ब्राण्डले भनेजस्तो कुनै भ्रम सिर्जना नहुने ठहर गरेको छ ।

फ्रान्सको एक फुटबल म्यागजिनले फुटबलबाट सर्वाधिक धेरै कमाउनेमा मेस्सीको नाम घोषणा गरेको एक दिनपछि अदालतको यस्तो निर्णय आएको हो । उक्त म्यागेजिनका अनुसार मेस्सीले १२६ मिलियन युरो कमाउँछन् ।

उनले फुटबलबाट सर्वाधिक कमाउने स्पेनिस क्लब रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोलाई उछिनेका हुन् । रोनाल्डोले ९४ मिलियन युरो कमाउँछन् ।

मेस्सीले आफ्नै नामको ट्रेडमार्कका लागि सन् २०११ मा निवेदन दिएका थिए ।

ट्रेडमार्क लियोनेल मेसी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय