Comments Add Comment

क्रिकेट स्टेडियम बनाउन धुर्मुस-सुन्तलीलाई स्पेनबाट सहयोग

काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्ने अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियमका लागि स्पेनबाट पनि आर्थिक सहयोग गरिएको छ ।

स्पेन निवासी खेमराज जोशी, दिनेश गिरी र ईश्वर गिरीले १ लाख २९ हजार १ सय रुपैयाँ सहयोग गरेका हुन् । उक्त रकम बिहीबार फाउन्डेसनमा पुगेर स्पेन निवासी पत्रकार बसन्त रानाभाटले सिताराम कट्टेल -धुर्मुस)लाई हस्तान्तरण गरे ।

सहयोग रकम लिँदै कट्टेलले स्पेनबासी नेपालीहरुले संस्थागत र व्यक्तिगत रुपमा पटक-पटक सहयोग गरेको भन्दै धन्यवाद ब्यक्त गरे ।

उनले भने, ‘स्पेनबाट व्यक्तिगत, संस्थागत रुपमा धुर्मुस-सुन्तली फाउन्डेसनलाई सहयोग हुँदै आएको छ । यस अगाडिका बिभिन्न परियोजनाहरुमा पनि यहाँहरुको सहयोग र समर्थन ठूलो रहृयो । त्यसैले हामीले बोलेका प्रतिवद्धताहरु समयमा नै पूरा गर्न सक्यौं ।’

उनले स्पेनमा बस्दै आएका नेपाली समुदाय, संघसंस्थालगायत व्यक्तिगत रुपमा सहयोग प्रदान गर्ने सबै सहयोगीहरुप्रति उनले आभार व्यक्त गरे ।

‘गलत गर्नेलाई खबरदारी गर्नुहोस्’

अनलाइनकर्मी रानाभाटसँग कुराकानी गर्दै कट्टेलले फाउन्डेसनमा आएको सम्पूर्ण सहयोगको रेकर्ड रहेको बताए । उनले भने, ‘हुन त हामीलाई कतिले शंका उपशंकाको नजरले पनि हेर्छन् । यिनीहरु कसरी चल्छन् त फाउन्डेसनबाट कहिँ कतै केही त मिल्छ होला नि भन्ने कतिपयको अनुमान पनि छ तर त्यस्तो होइन । भर्खरै सम्पूर्ण रेकर्ड हेर्न पनि सकिन्छ ।’

फाउन्डेसनमा नाममा गलत काम भइरहेको भए प्रवासको नेपाली समुदायले यसलाई खबरदारी गर्नुपर्नेमा कलाकार कट्टेलले जोड दिए । ‘विदेशमा कतिपय ठाउँमा फाउन्डेसनलाई सहयोग गर्ने भन्दै पैसा उठाउने तर यहाँ आइ नपुग्ने गरेको पनि सुनिन्छ । यसका लागि तपाई प्रवासमा रहने नेपाली समुदायलगायत हामी सबै सचेत हुन जरुरी छ । ताकि कसैले यसको नाममा गलत गर्ने बाटो नपाओस्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment