+
+
Shares

संसद अधिवेशन २३ वैशाखमा आहृवान गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १४ गते १२:१९


१४ वैशाख, काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन वैशाख २३ गते आहृवान गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले वैशाख २३ गते अपराहृन ४ बजे अधिवेशन आहृवान गर्न सिफारिस गरेकोहो । राष्ट्रपतिले अधिवेशन आहृवान गर्ने व्यवस्था छ ।

बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता रमादेवी पराजुलीलाई नियुक्त गरेको छ ।

यस्तै वीरगञ्जको एकीकृत भन्सार जाँच चौकीको भन्सार क्षेत्र निर्धारणको सूचना राजपत्रमा प्रकाशित गर्ने र आन्तरिक शान्ति र सुव्यवस्थासम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?