+

गंगालाल अस्पतालको सञ्चालक समिति सदस्यमा डा. सापकोटा र बराल मनोनित

२०८१ पुष  १ गते १७:१६ २०८१ पुष १ गते १७:१६
गंगालाल अस्पतालको सञ्चालक समिति सदस्यमा डा. सापकोटा र बराल मनोनित

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा दुई जना सदस्य मनोनित भएका छन् । मन्त्रिपरिषद् बैठकले केन्द्रको सञ्चालक समिति सदस्यमा डा. राजेन्द्रप्रसाद बराल र दीपकराज सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले कास्कीका डा. बराल र भोजपुरका सापकोटालाई केन्द्र सञ्चालक समिति सदस्यमा मनोनित गरिएको जानकारी दिए ।

गंगालाल अस्पताल मन्त्रिपरिषद बैठक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय