Comments Add Comment

ब्यानर विवादमै अल्झियो ओली-प्रचण्ड वार्ता

मे १ को एकता 'साइत' पनि टर्‍यो

१४ वैशाख, काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै तीन घन्टा ‘वान अन वान’ वार्ता भएको छ ।

बालुवाटारमा भएको यो वार्ता सहमति हुन नसकेका विषय भन्दा ब्यानर विवादमै केन्दि्रत भएको छ ।

लेलिन जयन्तीको अवसरमा आयोजित संयुक्त कार्यक्रममा लेनिनको फोटो छुटेको भन्दै माओवादी कार्यकर्ताले विरोध गरेपछि दुई वटा ब्यानर राख्नु परेको थियो । बिहीबार एक कार्यक्रमा ओलीले ब्यानर विवादलाई केटाकेटी पनको संज्ञा दिए ।

स्रोतका अनुसार शुक्रबारको भेटमा माओवादी अध्यक्ष प्रचण्डले ओलीको अभिव्यक्तिमा आपत्ति जनाएका छन् । ‘ओलीले पनि ब्यानर विवादलाई निकै माइन्ड गरेका रहेछन्’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘आज धेरै कुरा त्यसमै भएको छ ।’

दुई नेताबीच पार्टी एकता प्रक्रियामा सहमति हुन नसकेका विषयमा सामान्य छलफल मात्र भएको छ । तर, कुनै सहमति जुट्न सकेन र तत्काल अर्को भेट पनि तय भएको छैन । दुई नेताबीच २० गते भेटवार्ता गर्ने तयारी छ ।

यससँगै मे १ मजदुर दिवस र मे ५ मार्क्स जयन्तीमा एकता घोषणाको सम्भावना टरेको छ ।

दुई दलले मे १ मा एकता गर्ने घोषणा गरेका थिएनन् । तर, नेताहरुले मजदुर दिवसको अवसरमा एकता घोषणा गर्नु उपयुक्त हुने सुझाव नेताहरुलाई दिएका थिए ।

यसअघि वैशाख ९ मा एकता गर्ने सहमति नै भएको थियो । तर, विवादित विषयहरुमा दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच सहमति नहुँदा प्रभावित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment