Comments Add Comment

मिलन चाम्सको फोन नउठाउँदा जसिताले गुमाइन् छक्का पञ्जा ३ !


मिलन चाम्सले फिल्म ‘लिलिबिली’ मार्फत डेब्यू गराएकी नायिका हुन् जसिता गुरुङ । फिल्मी पण्डितहरुले उनलाई सम्भावना बोकेकी नायिकाको रुपमा हेरेका छन् ।

केही समययता जसिताले मिलनको फोनसमेत उठाउन छाडेकी थिइन् । तर, यसको उनले ठूलो मूल्य चुकाउनु परेको छ । उनको हातबाट एउटा ठूलो प्रोजेक्ट फुत्केको छ ।

फिल्म छक्का पञ्जा ३ की निर्देशक दिपाश्री निरौलाले सो फिल्ममा लिड रोलमा जसितालाई लिन चाहेकी थिइन् । यसका लागि उनले मिलन चाम्सलाई फोन गरेर जसितालाई भेटाइदिन आग्रह गरिन् । त्यसपछि मिलनले जसितालाई फोन गरे, तर जसिताले उठाइनन् । बारम्बार फोन नउठाएपछि आफूले पनि पनि वास्ता गर्न छोडे ।

‘मलाई दिपाश्रीको फोन आएको थियो, जसितालाई भेटाउनुपर्‍यो भनेर, तर फान नउठाएपछि मैले क गर्ने ?’ मिलनले अनलाइनखबरसँग भने । त्यसो त पछिल्लो समय मिलन र जसिताबीच पानी बाराबारको अवस्था रहेको सार्वजनिक भइसकेको छ ।

जसितासँग सम्पर्क नभएपछि छक्का पञ्जा युनिटले अर्की नवनायिका दीपिका प्रसाईंलाई फिल्ममा अनुवन्धित गरिसकेको छ । सफलताको लगभग पूर्वग्यारेन्टी नै रहेको फिल्म जसिताले थाहै नपाई गुमाएकी छिन् भने दीपिकालाई चिठ्ठा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment