+
+

विदेशीले आन्तरिक मामिलामा हस्तक्षेप गर्ने दिन गएः श्रेष्ठ

विकास मरहट्टा विकास मरहट्टा
२०७५ वैशाख १५ गते १४:२९


१५ वैशाख, गोरखा । माओवादी केन्ऽका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले नेपालको आन्तरिक मामालिमा विदेशी हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।

शनिबार गोरखा सदरमुकाममा पत्रकारहरुसँग कुरा गर्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले विदेशी शक्तिले हस्तक्षेप गर्ने दिन समाप्त भएको बताए ।

‘छिमेकी देशको प्रधानमन्त्री नेपाल आउँँदै हुनुहुन्छ, हामी हार्दिकतापूर्वक स्वागत गर्छाैं । भ्रमणले नेपाल भारत सम्बन्ध सुधार होस् भन्ने कामना गर्छौं’ श्रेष्ठले भने, तर, नेपालको आन्तरिक मामालिमा हस्तक्षेप स्वीकार गर्दैनौं ।’

उनले पार्टी एकता हुन नदिन चलखेल हुन सक्ने भन्दै सचेत हुनु आवश्यक रहेको बताए । ‘राष्ट्रिय राजनिति र अन्य आन्तरिक मामिलामा विदेशी चलखेल स्वीकार गर्दैनौं भने पार्टी एकतामा चलखेल स्वीकार गर्ने त कुरै छैन’ उनले भने ।
माओवादी नेता श्रेष्ठले सहमति हुन बाँकी विषयहरुमा छलफल नटिंएकाले एकतामा समय लागेको बताए । उनले भने, ‘दुई ठूला पार्टी एकता सहज बिषय होइन, केही समय त लागिहाल्छ नि !’

दुई पार्टीका अध्यक्षहरुबीच छलफल चलिरहेको भन्दै उनले छिट्टै पार्टी एकता घोषणा हुने बताए । समानताको नीतिको आधारमा पार्टी एकता हुने उनको भनाइ छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?