Comments Add Comment

फ्रान्सेली राष्ट्रपतिले ट्रम्पलाई उपहार दिएको रुख ४ दिनमै हरायो

१७ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनले उपहार दिएको रुख ह्वाइटहाउस परिसरबाट हराएको छ ।

विश्वयुद्ध भएको फ्रान्सको उत्तर पूर्वी क्षेत्रबाट ल्याइएको जोडी रुख गत हप्ता रोपिएको थियो । म्याक्रोनले उक्त रुख ‘दुई देशबीचको सम्बन्धको प्रतीक’ हुने बताएका थिए ।

तर गएको शनिबार रोयटर्सका फोटोग्राफरले रुख रोपेको ठाउँमा पहेँलो घास मात्र भेटिएको फोटो खिचेका थिए । उक्त रुख रोपेको ४ दिनमा नै हराएको हो ।

युरोपेली सेसिल ओक नामको उक्त रुख सन् १९१८ मा  प्रथम विश्वयुद्ध भएको ठाउँ बेलो वुडबाट ल्याइएको हो । उक्त भूमिमा विश्वयुद्धमा झण्डै २००० जना सैनिक मारिएका थिए ।

रुख हराउनुको कारणबारे आधिकारिक कुनै जानकारी दिइएको छैन । फ्रान्सेली रेडियो नेटवर्क फ्रान्स इन्फोले यो रुख शरद ऋतुमा उम्रने हुनाले आउँदो शरद ऋतुसम्म फेरि देखिन सक्ने बताएको छ ।

‘आउँदो अक्टोबरमा रुख फेरि देखिन सक्छ’ फ्रान्स इन्फोले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment