Comments Add Comment

उर्जामन्त्रीले मागे निर्माणाधीन आयोजनाको प्रगति प्रतिवेदन


१७ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सरकारी तथा निजी क्षेत्रका निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति प्रतिवेदन १५ दिनभित्र पेश गर्न सरोकारवाला संस्था तथा कम्पनीलाई निर्देशन दिएकेा छ ।

मन्त्री पुनले निर्माणाधीन तथा निर्माणका चरणमा रहेका जलविद्युत आयोजनाको प्रगति विवरण उपलब्ध नभएका कारण नियमन गर्न कठिन भएको भन्दै प्रगति प्रतिवेदन बुझाउन निर्देशन दिएका हुन् ।

मन्त्रालयको यस्तो निर्देशन पछि प्राधिकरणले पनि निजी क्षेत्रका आयोजनाको प्रगति विवरण माग्न सुरु गरेको छ । प्राधिकरणले सोमबार सूचना नै निकालेर मन्त्रालयले तोकेको अवधिभित्रै विवरण बुझाउन भनेको छ ।

मन्त्री पुनले निर्माणमा देखिएको ढिलाईले ऊर्जा तथा जलविद्युत विकासको लक्ष्यमा असर परेकाले अनुगमन गर्न जरुरी रहेको बताउँदै आएका छन् ।

उनले निजी क्षेत्रमा मात्र नभई प्राधिकरण र यसका सहायक कम्पनीले निर्माण गरिरहेका आयोजनाको समेत अनुगमन गर्न जरुरी रहेको बताउँछन् । प्रगति विवरण पेस नगर्ने प्रवर्द्धक वा विकासकर्ताले कुृनै बाहनामा छुट नपाउने मन्त्री पुनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment