Comments Add Comment

फेसबुकसँगको विवादका कारण ह्वाट्स एपका सीईओले राजीनामा दिने

काठमाडौं । लोकप्रिय म्यासेजिङ सर्भिस ह्वाट्स एपका सहसंस्थापक जान कोउमले कार्यकारी प्रमुख पदबाट राजीनामा दिने भएका छन् । फेसबुकबाट उनले यसको आधिकारिक घोषणा गरेका हुन् ।

‘प्रविधिभन्दा बाहिर आफ्नो रुचिका काममा संलग्न हुन केही खाली समय चाहिएको’ उनले एक पोष्टमा लेखेका छन् ।

तर वासिंटन पोष्टमा सोमबार प्रकाशित समाचारअनुसार ह्वाट्सएपको रणनीतिका सम्वन्धमा यसको प्यारेन्ट कम्पनी फेसबुकसँग कोउमको टकराव बढेको थियो । ह्वाट्सएपको व्यक्तिगत डाटा प्रयोग गर्ने फेसबुकको प्रयासमा उनले आपत्ति जनाएका थिए ।

कोउमले आफ्नो वक्तव्यमा भनेका छन्, ‘ब्रायन (एक्टोन) र मैले ह्वाट्सएप सुरु गरेको एक दशक भइसक्यो । केही उत्कृष्ट मान्छेहरुसमेतको यो यात्रा एदकमै स्मरणीय रह्यो । तर, मेरो आफ्नै हिसाबले अगाडि बढ्ने समय आएको छ ।’

‘अहिलेको टिम विगतकोभन्दा बलियो छ र यसले धेरै राम्रो नतिजा निकाल्नेछ । म बाहिरै रहेर ह्वाट्सएपको सफलताको कामना गर्नेछु,’ उनले अगाडि लेखेका छन् ।

यूक्रेनका आप्रवासी कोउमले स्टान्डफोर्डका विद्यार्थी ब्रायन एक्टोनसँग मिलेर सन् २००९ मा ह्वाट्सएप स्थापना गरेका थिए । सन् २०१४ मा यसलाई फेसबुकले १९ अर्ब डलरमा खरिद गरेको थियो । पछिल्लो समयमा फेसबुक र ह्वाट्सएपको सम्वन्ध बिग्रेको थियो । एक्टोनले गत नोभेम्बरमा फेसबुकको आलोचना गर्दै कम्पनी छोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment