Comments Add Comment

दया र प्रियंकाको सम्बन्धः पहिले गाढा, अहिले टाढा


नायक दयाहाङ राई र नायिका प्रियंका कार्कीको सम्बन्ध एक समयअघिसम्म निकै गाढा थियो । तर, आयूष्मानसँग अफेयरसँगै उनले दयाहाङसँग दुरी बनाएकी छिन् । कुनै समय दयाको तस्बिर फेसबुकमा पोष्ट गरेर नथाक्ने प्रियंका अहिले आयुष्मानसँगको तस्बिरमै रमाइरहेकी छिन् ।

चलचित्रकर्मीदेखि दर्शकले झट्ट हेर्दा पनि दया र प्रियंकाको सम्बन्धमा पहिलेको जस्तो निकटता देख्न मुस्किल पर्छ । कुनै समय एकसाथ चलचित्र खेल्ने मात्र होइन, सार्वजनिक कार्यक्रममा नै दया र प्रियंका प्रेम दर्शाउँथे । तर, अहिले समय बदलिएको छ ।

अहिले प्रियंका र दयाको जोडीलाई चलचित्रमा देख्न मुश्किल पर्छ । बरु, प्रियंकासँग आयुष्मानको जोडी पर्दामा दोहोरिन थालेको छ । प्रियंकाले काम गर्ने चलचित्रदेखि विज्ञापनसम्ममा आयुष्मान हाबी छन् । ‘एउटा यस्तो प्रेम कहानी’, ‘चंगाचेट’ यसका पछिल्ला उदाहरण हुन् ।

चलचित्र ‘ह्याप्पी डेज’को प्रमोशनमा पनि दया र प्रियंका एकसाथ देखिएनन् । चलचित्रका मुख्य नायक-नायिका भए पनि यी दुईले यो प्रमोशन यात्रामा एकसाथ आफूलाई अगाडि बढाउने चेष्टा गरेनन् । भलै, उनीहरुसँग अर्को चलचित्रको छायांकनमा व्यस्त रहेको बहाना थियो ।

हुनत, नायिका प्रियंका कार्की आफू र दयाहाङको सम्बन्ध नविग्रिएकाे बताउँछिन् । उनी भन्छिन्-‘हाम्रो सम्बन्ध बिग्रिएको होइन । दुबै जना व्यस्त भएकाले नै भेट्न नपाएका हौं । हाम्रो फोनमा अहिले पनि कुरा हुन्छ ।’

प्रियंका र दयाहाङ नजिक हुँदा प्रोडक्शन हाउस खोलेर चलचित्र निर्माण गर्ने योजना समेत बनाइसकेका थिए । तर, त्यो योजना पनि थन्किएको छ । प्रियंकाका अनुसार, यो योजना रोकिएको होइन, पछाडि धकेलिएको हो । प्रियंकाले दुबै जनाको व्यस्ततालाई प्रोडक्शन हाउस खुल्न नसक्नुको कारण देखाएकी छिन् । तर, जे जस्तो भएपनि कुनै समय निकै नजिक रहेका दया र प्रियंकाविच अहिले दुरी बढेको सत्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment