Comments Add Comment

ब्रेन टिबी र यसका प्रारम्भिक लक्षण ?

ब्रेन टिबी जो कसैलाई हुनसक्छ । बे्रन टिबी सामान्यतया ट्युबरक्लोसिस अर्थात् टिबीको व्याक्टेरियाको संक्रमणका कारण हुन्छ । यसले मुख्यतः फोक्सोलाई असर पार्छ । समयमै उपचार नपाए यसबाट मानिसको ज्यान समेत जानसक्छ ।

टिबीले फोक्सोलाई मात्र नभई मस्तिष्कलाई समेत प्रभावित पार्छ । यसका कारण मस्तिष्कको कोषिका सुन्निने गर्छ ।

यसलाई मेनेन्जाइटिस ट्युबरक्लोसिस, मेनेन्जाइटिस वा ब्रेन टिबी पनि भन्ने गरिन्छ । ब्रेन टिबी बच्चादेखि बूढासम्मलाई हुनसक्छ ।

ब्रेन टिबीको कारक

अत्यधिक मात्रामा मदिराको सेवन, एचआईभी एड्स, कमजोर रोग प्रतिरोधात्मक क्षमता तथा मधुमेह ब्रेन टिबीका प्रमुख कारक मानिन्छन् ।

ब्रेन टिबीका लक्षण

बे्रन टिबीका लक्षण शरीरमा विस्तारै विस्तारै देखिन्छ । सुरुवातमा थकान, हल्का ज्वरो, बारम्बार विरामी पर्ने, वाकवाकी लाग्ने, वान्ता हुने, चिडचिडापन हुने, अल्छी लाग्नेजस्ता समस्या देखिन्छन् । यस्ता लक्षण देखा परिसकेपछि यो रोग दिनप्रतिदिन बढ्दै जान्छ ।

खानाद्वारा गर्न सकिन्छ सही उपचार

-सही तरीकाको आहारले पनि टिबी रोगको उपचारमा राम्रो फाइदा गर्छ ।

-यसका लागि बिरामीहरूले ताजा फलफूल, तरकारी तथा प्रोटिनयुक्त आहारको सेवन गर्न जरुरी छ । यसले रोग प्रतिरोधात्मक क्षमता बनाउनुका साथै रोगसित लड्न मद्दत गर्छ ।

-स्याउ, अंगुर, सुन्तला, तरबुजा, अनार लगायतको ताजा रसयुक्त फलफूललाई आˆनै खानामा सेवन गर्ने ।

-दूधमा भरपूर मात्रामा क्याल्सियम पाइन्छ । यसले ब्रेन टिबीसित लड्न मद्दत गर्छ ।

-ब्रेन टिबी भएकाहरूले कफी भने सेवन भने गर्नु हुँदैन । चिनीयुक्त आहारबाट पनि बच्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment