Comments Add Comment

मोहम्मद सलाह बने राइटर्स फुटबलर अफ दि इयर

लिभरपुलका खेलाडी मोहम्मद सलाहले यसवर्षको राइटर्स फुटबलर अफ दि इयरको अवार्ड जितेका छन् ।  फुटबल राइटर्स एसोसिएसनले दिने वर्षको सर्वोत्कृष्ट खेलाडीको पुरस्कार २५ वर्षीय सलाहले पाएका हुन् ।

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर केभिन डे ब्रायन दोस्रो स्थानमा र टोटनह्यामका स्ट्राइकर ह्यारी केन तेस्रो स्थानमा रहे ।

सलाह इंगलिस प्रिमियर लिगको ३४ खेलमा लागि ३१ गोल गर्दै गोल्डेन बुटको दाबेदार बनेका छन् । उनलाई यसअघि गत अप्रिलमा प्रोफेसनल फुटबलर्स एसोसिएसनले पनि उत्कृष्ट खेलाडीको सम्मान दिएको थियो ।

सलाहले लिभरपुल आएपछि ४३ गोल गरेका छन् । उनले च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रोमाविरुद्ध २ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment