+
+
Shares

स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १९ गते १३:१३

१९ वैशाख, काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालिमाटीले स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–२ का ३७ वर्षीय रमेश सापकोटा छन् ।

उनलाई काठमाडौं–१३, सोल्टीमोडमा नियमित चेकजाँचका क्रममा बा १३ च ५६०२ नम्बरको स्कोर्पिसोमा खानतलासी गर्दा उक्त रकमसहित नियन्त्रणमा लिइएको हो ।

काठमाडौं प्रहरी परिसरका अनुसार पक्राउ गरेका सापकोटा, बरामद गाडी र रकमलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभागमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?