+
+
Shares

जबर्जस्ती करणी आरोपमा कानून व्यवसायी पक्राउ

रासस रासस
२०७५ वैशाख १९ गते १७:०६
फाइल तस्वीर

१९ वैशाख, चितवन । भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराई जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा बुधबार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार दश जोड दुई पढ्दै गरेका दुई युवतीलाई जबरर्जस्ती करणीको प्रयास गरेपछि भट्टराईलाई नियन्त्रणमा लिइएको हो ।

उनलाई आज म्याद थप गरी जबरर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिने प्रहरी उपरीक्षक थापाले बताए । पीडित युवतीले आफूलाई टेलिफोन गरी घटनाको जानकारी गराएको र पछि लिखित निवेदन दिएपछि निज भट्टराईलाई नियन्त्रणमा लिइएको उनले बताए ।

भट्टराई जिल्ला अदालत बार एशोसिएशन चितवनका साधारण सदस्य हुन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?