Comments Add Comment

अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अष्ट्रेलियामा यातायात छुट माग्ने


१९ वैशाख, सिड्नी । अष्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थी काउन्सिलले स्थापनाको पहिलो बर्ष अन्तर्राष्ट्रिय विद्यार्थीका लागि सार्वजनिक यातायातमा छुटको ब्यवस्था गर्न सरकारसंग माग गर्ने एजेन्डा बनाएको छ ।

अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थी नेतृत्व काउन्सिल यहाँका प्रभावशाली राजनीतिक तथा व्यापारिक ब्यक्तित्वको भरोसा रहेको संस्था मानिन्छ । जसको पहिलो औपचारिक सार्वजनिक कार्यक्रम  यहि मे ४ तारेख शुक्रुबार हुँदैछ ।

यो संस्थाको सल्लाहकारमा नेपाली विद्यार्थी पिजे श्रेष्ठ चयन भएका छन् । नेपालबाट आएका अन्तर्राष्ट्रिय विद्यार्थीसंग समन्वय गर्न र उनीहरुको अधिकारको वकालत गर्न उनलाई सल्लाहकारमा नियुक्त गरिएको अन्तर्राष्ट्रिय विद्यार्थी नेतृत्व काउन्सिलले जनाएको छ ।

उनी २०१६ को मिस्टर वोसियाना नेपालको उपाधि विजेता पनि हुन् । अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट ब्यवस्थापनमा स्नातक उनी यहाँको नेपाली तथा अष्ट्रेलियन समुदायमा स्थापित दोस्रो पुस्ताका युवा हुन् । उनी आफ्ना बाबुआमासंग छ बर्षको उमेरमा नेपाल छोडेका थिए । उनी अष्ट्रेलियाको राजनीतिमा पनि रुची राख्छन् ।

यो संस्थाका अध्यक्ष चिनियाँ विद्यार्थी  हुवाएजे लिउ  हुन् । उनी अष्ट्रेलियन चिनियाँ समुदायमा परिचित अन्तर्राष्ट्रिय  विद्यार्थी हुन् ।

बुधबारको कार्यक्रममा चीनको एक  आल्मुलियम निर्माता कम्पनीकी निर्देशक स्याउ स्याउ पनि सहभागी हुने भनिए पनि कार्यव्यस्तताले उपस्थित नहुने बताइएको छ । तर अष्ट्रेलियन युवा विद्यार्थीहरु, यहाँका राजनीतिक दलका नेता र ब्यापारीहरु भने सहभागी हुने छन् ।

न्यु साउथ वेल्स संसदका यातायात तथा परिवहन सम्बन्धित सचिव  मार्क कुरे पनि अन्तर्राष्ट्रिय विद्यार्थीका कुरा सुन्न तथा सम्बोधन गर्न त्यहाँ उपस्थित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment