Comments Add Comment

यूएई एक्सचेञ्जबाट पैसा पठाउँदा तीन नेपालीलाई ६ लाख पुरस्कार

 ४ मे, यूएई । वैदेशिक रोजगारीको क्रममा यूएईमा रहेका तीन जना नेपालीहरुले यूएई एक्सचेञ्जमार्फत नेपालमा पैसा पठाउँदा ६ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर यूएई एक्सचेञ्जद्वारा आयोजित ‘बनौँ लखपति’ प्रमोशन अन्तर्गत ३ जना भाग्यशाली विजेताहरूले उक्त रकम पुरस्कार स्वरुप प्राप्त गरेका हुन ।

विगत ३ वर्षदेखि अबुधाबिको ग्याती एरियामा सामान्य मजदुरका रुपमा कार्यरत लमजुङका धनबहादुर तामाङले यो प्रमोसनको पहिलो पुरस्कार स्वरुप तीन लाख रुपैयाँ प्राप्त गरेका छन् ।

आफूले दुईचार पैसाको लोभमा नपरी हुण्डी नगरी विगत ३ वर्षदेखि नियमित रुपमा यूएई एक्सचेञ्जबाट पैसा पठाउने गरेको तामाङले प्रतिक्रिया दिए ।

गोरखा जिल्ला घर भई सारजहाको नेस्टो सुपरमार्केटमा कार्यरत सेल्सम्यान अमृत श्रेष्ठले दोस्रो पुरस्कार स्वरुप २ लाख रुपैयाँ हासिल गरेको यूएई एक्सचेञ्जका मार्केटिङ म्यानेजर सन्तोष प्रसाईंले जानकारी दिएका छन् ।

०७२ सालको भूकम्पमा परेर आफ्नो घर भत्किएको बताउने श्रेष्ठले पुरस्कारमार्फत पाएको २ लाख रुपैयाँले नयाँ घर बनाउन सहयोग पुग्ने बताएका छन् ।

त्यसैगरी चार महिनाअघि काभ्रे धुलिखेलबाट दुबईको साउदी जर्मन हस्पिटलमा क्लिनरका रुपमा काम गर्न आएकी रिना न्यौपानेले तेस्रो पुरस्कार १ लाख रुपैयाँ जितेकी छन् ।

यूएई एक्सचेञ्जले पुरस्कृत तीनै जना नेपालीहरुलाई बधाई दिदै यस योजनालाई प्रायोजन गरेर सहयोग गर्ने हिमालयन बैंक र ग्लोबल आइएमर्इ बैंकलाई आभार प्रकट गरेको छ ।

नेपालीहरुलाई मात्रै लक्षित गरेर यूएई एक्सचेञ्जले यो प्रमोसन गत मार्च २५ मा शुरु गरेर अप्रील ३० सम्म चलाएको थियो ।

उक्त अवधिमा यूएई एक्सचेञ्जबाट नेपाल पैसा पठाउने सबैले यो भाग्यशाली अभियानमा भाग लिने व्यवस्था यूएई एक्सचेञ्जले गरेको थियो ।

यसैबीच यूएई एक्सचेञ्जले मे ३ बाट १६ जुनसम्मका लागि समर प्रमोसन शुरु गरेको छ । यसमा हरेक दिन यूएई एक्सचेञ्जबाट कारोबार गर्नेहरुबाट एक जनालाई २ हजार ५ सय अमेरिकी डलर पुरस्कार पाइने योजना सार्वजनिक गरेको छ ।

यही योजना अन्तर्गत हरेक हप्ता ५ हजार र मेघा प्राइजमा १ लाख अमेरिकी डलर भाग्यशाली ग्राहकलाई प्रदान गर्ने यूएई एक्सचेञ्जका मार्केटिङ मेनेजर सन्तोष प्रसाईले जानकारी दिएका छन् ।

यूएईको लोकप्रिय र गुणस्तरीय रेमिट्यान्स सेवा दिने यूएईका सात इमिरेट्समा १ सय ५० शाखा भएको यूएई एक्सचेञ्ज अग्रपंक्तिको रेमिट्यान्स कम्पनीभित्र पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment