+
+

साढे ३३ किलो सुन प्रकरणका ६ अभियुक्तको बयान सकियो

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २० गते १८:२८
जिल्ला अदालत, मोरङमा बहालवाला प्रहरी अधिकारीसहित अन्य अभियुक्तहरू ।

२० वैशाख, विराटनगर । साढे ३३ किलो सुन प्रकरणमा मुद्दा दर्ता गरिएकामध्ये ६ अभियुक्तको मोरङ जिल्ला अदालतमा बयान सकिएको छ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नं इजलासमा ७ घण्टा लगाएर उनीहरुको बयान लिइएको हो ।

बुधबार ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध संगठित अपराध, सुन तस्करी र कर्तव्य ज्यानमा मुद्दा दायर गरिएको थियो ।

प्रतिवादीमध्ये २९ जना पक्राउ परेका छन् भने मुख्य नाइके गोरे, एसएसपी श्याम खत्रीसहित ३४ जना फरार छन् ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नं इजलास विहान ११ बजेदेखि अभियुक्त टेकराज मल्ल ठकुरी, मोेहन काफ्ले, लाक्पा शेर्पा, माधव भन्ने मदनप्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की, र राजनकुमारको बयान लिने काम सकिएको छ ।

अदालतमा सरकारका तर्फबाट बहस गर्न उच्च अदालत विराटनगरका सह महान्याधीवक्ता चिरञ्जीवी पराजुलीको नेतृत्वमा उच्च अदालतका सह-महान्याधिवक्ता पराजुली र उपन्यायाधिवक्ता हिमालय त्रिताल तथा जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकसहित जिल्ला

सहन्यायाधीवक्ताद्वय पदमप्रसाद वस्ती र रोहितकुमार पोखरेलले उनीहरुसंग बयान लिएका हुन् ।

अदालतका स्रेस्तेदार नवराज दुलालका अनुसार बिहीबारदेखि बयान सुरु गराइएका टेकराज मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) का ड्राइभर हुन् ।

उनी गोरेका एक मुख्य विश्वासपात्र पनि हुन् । यातना दिएर मारिएका सनम शाक्यको शव राखिएको स्कोर्पियो गाडी मल्लले नै चलाएका थिए । उनले जङ्गलमा गाडीमा रातभरि शवमात्र राखेर कुरेको र रात कटाएको वयान दिएका छन् ।

त्यस्तै मोहन र कृष्ण भरिया हुन् । कृष्ण विद्यालयमा गोरेका सहपाठीसमेत भएको र उनीहरूको घर एकै ठाउँमा रहेको बताइएको छ ।

राजनकुमारलाई सुनको धन्धाका एक प्रमुख लगानीकर्ता मानिएका मोहनकुमार अग्रवालका ड्राइभर भएको र वीरगञ्ज हुँदै अग्रवाललाई भारत पठाउने कार्य गरेको अभियोग लगाइएको छ ।

अर्का अभियुक्त लाक्पा पनि ड्राइभर नै भएको प्रहरीले बताएको छ । लाक्पाले नै गोरेलाई जोगबनीसम्म गाडीमा पुर्‍याएर भारततर्फ भाग्न सहयोग गरेको आरोप छ ।

अर्का अभियुक्त माधव भन्ने मदनकुमार पनि भरिया भएको र सनमलाई यातना दिने क्रममा उनी पनि घटनास्थलमा रहेको अभियोग छ ।

स्रेस्तेदार दुलालले जिल्ला अदालतका ६ अधिकृतको छुट्टाछुट्टै टोलीले बयान सुरु गरेको र तिन चार दिनभित्र बयान सकिसक्ने लक्ष्य राखिएको जानकारी दिए ।

यो पनि पढ्नुहोस्

सनमका हत्यारा पक्रन होइन, शव लुकाउन गएका थिए सञ्जेल मामा !

त्रिभुवन विमानस्थलबाट ४२१ पटक सुन भित्रिएको रेकर्ड (सूचीसहित)

कसरी भित्र्याए गोरेले दुबईबाट ३८ क्वीन्टल सुन ?

गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं

एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन

एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?