Comments Add Comment

त्रिभुवन विमानस्थलबाट ४२१ पटक सुन भित्रिएको रेकर्ड (सूचीसहित)

कुन प्रहरी अधिकारीले कति लिए ?

२० वैशाख, काठमाडौं । चार वर्षयता नेपालमा संगठित रुपमा सुन तस्करीको र्‍याकेट चलाइरहेका चूडामणि उप्रेती (गोरे) को योजनामा ४२१ पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुलेको छ ।

साढे ३३ केजी सुन प्रकरणको छानविन गर्न गठित समितिले विभिन्न स्थानबाट बरामद गरेको रजिष्टरमा ४२१ पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुलेको हो । साढे ४ वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको समितिलेको निष्कर्ष छ ।

समितिले बरामद गरेको रिजष्ट्रारमा सुन ल्याउने व्यक्तिको नाम, परिणाम, ल्याएको व्यक्तिको नाम र भरियाको नाम समेत उल्लेख भएको छ ।

उनीहरुले सुन तस्करीका लागि तत्कालीन विमानस्थल प्रहरीको सिङ्गो सेटसँगै सेटिङ मिलाएर भेटिएको छ । गोरे समूहले प्रहरीसँग सेटिङ मिलाउन कुल २ करोड २० लाख ७७ हजार रुपैयाँ प्रहरीलाई बुझाएको लेजर समेत फेला परेको छ ।

प्रहरीलाई बुझाएको रकमको विस्तृत विवरण समूहले एउटा डायरीमै उल्लेख गरेको छ ।

गोरेले प्रहरी अधिकारीहरुलाई मामा भनेर सम्बोधन गरेका छन् । र, तत्कालिन प्रहरी नायब महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्री, प्रहरी उपरक्षिक विकासराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउत, प्रहरी जवान विष्णुबहादुर खड्का र प्रहरी हवल्दार अम्बरबहादुर थापा मगरले पैसा लिएको अभिलेख भेटिएको छ ।

त्यसरी तत्कालीन डीआईजी निरौलाले ३ पटक गरेर १७ लाख रुपैयाँ, एसएसपी श्याम खत्रीले १६ पटकमा १ करोड १२ लाख ९२ हजार रुपैयाँ, एसपी विकासराज खनालले दुई पटक गरेर ५० लाख रुपैयाँ र डिएसपी सञ्जयबहादुर राउतले ६ पटकमा १५ लाख रुपैयाँ गोरेबाट लिएको खुलेको छ ।

गोरे समूहले कहिले कोमार्फत सुन नेपाल भित्र्यायो ? हेर्नुस् सूची

गोरे समूहले प्रहरी अधिकारीलार्इ बुझाएको रकमको विवरण

यो पनि पढ्नुस् 

कसरी भित्र्याए गोरेले दुबईबाट ३८ क्वीन्टल सुन ?

गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं

एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन

एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment