Comments Add Comment

आयात रोक्न वनको काठ काट्ने मन्त्री बस्नेतको योजना, १ लाख युवालाई रोजगारी


२१ बैशाख, काठमाडौ । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले काठ आयात रोक्ने र देशलाई एक वर्षभित्रै काठमा पूर्ण रुपमा आत्मनिर्भर बनाउने बताएका छन् ।

देशको कुल भुभागको अहिले ४४.०७ प्रतिशत वनले ओगटेको छ । तर, विदेशबाट काठ आयात भइरहेको छ । बैज्ञानीक बन व्यवस्थापन बमोजिम देशमा काठ उत्पादन बढाउने मन्त्री बस्नेतले बताए ।

वन तथा वातावरण मन्त्रालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७३/०७४ मा मात्रै ११ हजार ३ सय ७२ घन मिटर काठको आयात भएको थियो । काठको यस्तो आयात प्रत्येक वर्ष बढिरहेको मन्त्रालय बताउँछ ।

काठ आयातका कारण ब्यापार घाटा पनि बढेको छ । आयातीत बस्तु बढेसँगै देशको ब्यापार घाटा उच्च हुँदै गएको छ ।

‘४४ प्रतिशतभन्दा बढी भुभाग वनले ओगट्ने अनि देशले काठ आयात गर्ने ? यो सुहाएन अब देशमै काठ उत्पादन बढाउनु पर्छ,’ मन्त्री बस्नेतले भने ‘मैले वन सबै कटान गर्ने भनेको होइन, रुख रोप्दै जाने र आवश्यक मात्रामा काठ काट्ने पनि गर्नुपर्छ ।’

वन तथा वातावरण मन्त्रालयका पछिल्ला नीति वन संरक्षणमा मात्रै केन्दि्रत भएका कारण यसबाट जनताले लाभ पाउन नसकेको उनको तर्क छ । वन व्यवस्थापनको नयाँ मोडल विकास गरी जनतालाई लाभान्वीत गराउने आफ्नो योजना रहेको उनले बताए ।

यसैबीच शुक्रबार मन्त्रालयले वन तथा वातावरण क्षेत्रको स्थिती पत्र सार्वजनिक गरेको छ । जसमा प्रत्येक स्थिानिय तहमा १/१ वटा फर्निचरको अनिवार्य व्यवस्था गरिने उल्लेख गरिएको छ ।

मन्त्री बस्नेतले वनबाटै सरकारले एक वर्षम्ाा ५ लाख युवालाई रोजगार दिने बताए । यसका लागि सातै प्रदेशमा रोजगार सिर्जना गर्ने उद्योग खोल्ने योजना उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment