Comments Add Comment

सिरहामा गहुँ उत्पादन बढ्यो

 

२२ बैशाख, लहान । सिरहामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ । जिल्लाको कुल खेतीयोग्य जग्गामध्ये यस वर्ष १८ हजार हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएकामा प्रतिहेक्टर २ दशमलब ५ मेट्रिक टनका दरले ४५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिए ।

गत वर्ष भने प्रतिहेक्टर २ मेट्रिक टनका दरले ३६ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

यस वर्ष उन्नत जातको बीउ वितरण गरिएको, समयमै वर्षा भएको र रोगकीराको प्रकोप कम भएकाले गहुँ उत्पादनमा वृद्धि भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment