Comments Add Comment

एउटा गीतमा १ सय ७५ पटक लुगा फेरिन् आलियाले !

बलिउड नायिका आलिया भट्ट आफ्नो नयाँ फिल्म ‘राजी’ लाई लिएर चर्चामा छिन् । यो फिल्ममा उनले एउटा जासूसको भूमिका निभाएकी छिन् । फिल्ममा उनी पाकिस्तानी युवासँग बिहे गरेर भारतका लागि पाकिस्तानमा जासुसी गर्छिन् । फिल्मको एउटा गीत रिलिज भइसकेको छ ।

‘मुड के न देख दिलबरोँ’ बोलको यो गीतमा बाबु र छोरीको संवेदना देखाइएको छ । यो गीतको बारेमा चर्चा गर्दै आलियाले गीतको सुटिङका क्रममा एक सय ७५ पटकभन्दा बढि बिदाईको पहिरन फेर्नु परेको बताइन् ।

यस विषयमा प्रोडक्सन टिमका एक व्यक्तिले भने, ‘गीतमा कश्मिरदेखि पाकिस्तानसम्मको यात्रा देखाइएको छ । यसको सुटिङमा कैयौं दिन लागेको थियो । गीतको बिदाईवाला हिस्सा पटियाला, कश्मिर जस्ता तमाम लोकेसनमा सुटिङ गरिएको छ । यही भएर आलियाले बारम्बार बिदाईको डे्रेस फुकाल्ने र लगाउने गर्नुपथ्र्यो ।’

राजीको दिलबरो गीतले फिल्मको कथामा ठूलो महत्व राख्छ । यो कथा एउटा कश्मिरी केटीको हो, जसको बाबुले देशको सुरक्षाका लागि उनलाई पाकिस्तानमा पठाउँछ । गीतमा आलियाको बिदाईको सिन देखाइएको भए पनि खासमा उनी एउटा मिसनमा पाकिस्तान गइरहेकी हुन्छिन् । यो फिल्म ११ मेमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment