+
+

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षसहित ५ पदाधिकारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २२ गते १९:१६


२२ वैशाख, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यसहित ५ पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
अत्यावश्यक सेवा अवरुद्ध गरेको अभियोगमा अपराध महाशाखाको टोलीले शनिबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । कर्माचार्य आन्दोलन मूल समितिको संयोजक पनि हुन् ।

पक्राउ पर्नेमा कर्माचार्यसँगै उपाध्यक्ष विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल, किरण खड्का छन् ।

महासचिव सरोज सिटौला शुक्रबारदेखि नै प्रहरी नियन्त्रणमा छन् । आवश्यक सेवा ऐन विपरीत सार्वजनिक यातायात बन्द गरेकाले उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

महासंघले शुक्रबार सिन्डिकेट हटाउने सरकारी निर्णयको बिरोधमा सांकेतिक हड्ताल गरेको थियो । तर, सरकारले शुक्रबार नै सेवा रोक्ने संघ तथा समितिका पदाधकिारीलाई पक्राउ गर्न सुरु गरेको थियो ।

शुक्रबार राति नै महासंघले एक विज्ञप्ति निकालेर आफ्ना पक्राउ परेका व्यवसायीलाई छाड्न सरकारसाग माग गरेको थियो । शनिबार सााझसम्म पक्राउ परेका व्यवसायीलाई नछाडे २७ गतेदेखिको अनिश्चितकालीन हड्ताललाई अघि सार्ने योजना महासंघको थियो ।

यही विषयमा छलफल गर्न शनिबार सााझ जम्मा भएका महासंघका पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । योसागै सरकारले अत्यावश्यक सेवामा हड्ताल गर्नेलाई त्यसै नछाड्ने स्पष्ट सन्देश दिएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिन्डिकेट हटाउने निर्णयबाट कुनै पनि हालतमा पछि नहट्ने बताइसकेका छन् । सरकारले महासंघका अध्यक्षसहित पदाधिकारीलाई पक्राउ गरेर हड्ताल गर्नेहरुलाई उन्मुक्ति नदिने संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?