Comments Add Comment

अमेरिकाले दक्षिण कोरियाबाट आफ्ना सेना हटाउने

२३ वैशाख, काठमाडौं । अमेरिकाले दक्षिण कोरियाबाट आफ्ना सैनिक फिर्ता गर्ने भएको छ । उत्तर कोरियाली नेता किम जोङ्ग उनसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेटवार्ताको तिथि निश्चित भएको बेला अमेरिकाको यो निर्णय सार्वजनिक भएको हो ।

ट्रम्प र किमबीच आगामी जुन २२ मा भेटवार्ता हुने निश्चित भएको अधिकारीहरुले बताएका छन् । भेटवार्ता सिंगापुर वा अन्य कुनै असैन्य क्षेत्रमा हुनसक्ने अनुमान गरिए पनि स्थान निश्चित भइसकेको छैन ।

यसैबीच राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा तैनाथ आफ्ना सैनिक फिर्ता गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिइसकेका अमेरिकी अधिकारीहरुले बताएका छन् ।

उत्तर कोरियाको सम्भावित आक्रमण रोक्न भन्दै अमेरिकाले दक्षिण कोरियामा आफ्ना २८ हजार पाँच सय अमेरिकी सैनिक तैनाथ गरेको छ । अमेरिकी सेना फिर्ताको दक्षिण कोरियाले भने विरोध गरेको छ ।

दक्षिण कोरियामा खटिएका सेनाका लागि अमेरिकाले ८० करोड बढी अमेरिकी डलर खर्च गर्दै आएको बताइन्छ । त्यति नै रकम दक्षिण कोरियाले व्यहोर्दछ । तर पनि उत्तर कोरियाको परमाणु आक्रमणको त्रास रोक्न नसकेको भन्दै आलोचना हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment