+
+
Shares

गृहमन्त्री बादलको उद्घोष– सबै क्षेत्रको एकाधिकार तोड्छौं

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २३ गते १७:५०

२३ वैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बस तथा माइक्रोबसमा रहेको एकाधिकार तोडिएसँगै अब ट्रक व्यवसायमा रहेको एकाधिकार पनि तोड्ने तयारीमा सरकार रहेको बताएका छन् ।

गृहमन्त्रालयमा आइतबार उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाको नेतृत्वमा आएको प्रतिनिधिमण्डसँगको भेटमा गृहमन्त्री बादलले यातायात क्षेत्रको एकाधिकारको अन्त्य सुरुआतमात्रै भएको बताउँदै अब अन्य क्षेत्रका पनि सबै एकाधिकार तोडेर छाड्ने प्रतिवद्धता व्यक्त गरे । ‘केहीलाई कारवाही प्रक्रियाबाट हामी पछाडि हट्छौंकी भन्ने लाग्न सक्छ, अब हामी र्फकदैनाैं र र्फकन छुट पनि छैन ।’ उनले भने ।

छलफलमा मञ्चका पदाधिकारीहरुले ट्रक, पेट्रोलिय पदार्थ बोक्ने ट्यांकर, शिक्षा, स्वास्थ्य, बैंक लगायत धेरै क्षेत्रमा एकाधिकार रहेको भन्दै चरणवद्ध रुपमा त्यसलाई तोड्न गृहमन्त्रीसँग आग्रह गरेका थिए ।

भेटमा मञ्चका पदाधिकारीहरुले एकाधिकार अन्त्यका लागि आफूहरुले वि.सं २०६० सालदेखि आवाज उठाउँदै आएपनि पहिलो पटक संस्थागत रुपमै त्यो तोड्ने काम गरेको भन्दै गृहमन्त्रीलाई बधाइ दिएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?