Comments Add Comment

१३ वर्षकी नजमा नर्सरीमा भर्ना


२३ वैशाख, कावासोती । कावासोतीकी १३ बर्षीया किशोरी पहिलो पटक विद्यालय भर्ना भएकी छिन् । पर्सा घर भई हाल कावासोती ९ बस्दै आएकी १३ वर्षीया नजुमा खातुन जीवनज्योति माविमा नर्सरी कक्षामा भर्ना भएकी हुन् ।

नविना खातुनलाई आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठ, कावासोती ३ का वडा सदस्य पवनकुमारी महतो, विद्यालयका प्रधानाध्यापक सुमित्रा लम्साल, व्यवस्थापन समितिका सदस्य र शिक्षकहरुले फूल अविरले स्वागत गरेका थिए ।

यसअघि विद्यालय भर्ना भए पनि नियमित विद्यालय नगएका कारण उनको विद्यालयमा पठनपाठन निरन्तरता नपाएकी उनका अभिभावकले जनाएका छन् ।

विद्यालयको प्रधानाध्यापक सुमित्रा लम्सालले उमेर बढी भइसकेकोले पढाइमा राम्रो गरे तत्काल कक्षा बढाउंदै लैजाने बताइन् ।

नजुमा खातुन आइतबारदेखि नै विद्यालय आउन थालेकी छन् । १३ बषर्ीया खातुन विद्यालय नगएको देखेपछि विद्यालयकी पूर्वविद्यार्थी सीता कुँवरले उनलाइ भर्ना गराएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment