Comments Add Comment

बैंकपछि बीमा कम्पनीमा लाग्यो सिईओको लागि ‘कुलिङ पिरियड’


२३ बैशाख, काठमाडाैं । बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)बनेका ब्यक्ति जागिर छाडेकै भोलिपल्ट अब अर्काे बीमा कम्पनीमा जागिर खान नपाउने भएका छन् ।

एक बीमा कम्पनीमा सीईओ भएको ब्यक्ति अर्काे कम्पनीमा सीईओ हुनको लागि कम्तिमा अब ६ महिना कुुुर्नुपर्नेछ । आइतबार बीमा समितिले जारी गरेको ‘बीमकको संथागत सुशासन सम्बन्धी निर्देशिका २०७५’ मा बिमा कम्पनीको सिईओहरुलाई ६ महिनाको कुलिङ पिरियडको व्यवस्था गरिएको छ ।

केहि समय अघि राष्ट्र बैंकले पनि बैंकहरुको सिइओलाई यस्तै कुलिङ पिरियडको बाध्यकारी व्यवस्था गरेको थियो । जसमा पनि एक बैंकको सीईओ अर्कोमा सीईओ बन्न जाँदा कम्तीमा ६ महिनाको फरक रहनुपर्ने व्यवस्था गरिएको छ ।

स्नातक गरेका पनि सीईओ

यो निर्देशिका अनुसार स्नातक गरेका ब्यक्ति पनि सीईओ बन्न सक्नेछन् । यसअघि यस खालको व्यवस्था थिएन । तर, स्नातक गरेको ब्यक्तिले सीईओ बन्नको लागि स्नातक गरेकाले भन्दा बढी कार्य अनुभव संगालेको हुनुपर्छ ।

निर्देशिकामा उल्लेख भएबमोविजम बीमा कम्पनीको सीईओ बन्नको लागि लेखा, अर्थशास्त्र, वाणिज्यशास्त्र, बीमा, व्यवस्थापन, वित्त, कानुन, गणित, विषयमा कम्तिमा पनि स्नातकोत्तर गरेको हुनुपर्नेछ ।

र, यही क्षेत्रमा ८ वर्षको अनुभव समेत संगालेको हुनुपर्ने भनिएको छ । तर, स्नातक मात्रै गरेकाहरुले भने सीईओ बन्नको लागि १३ देखि १५ वर्षको अनुभव हुनपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै उपसमितिमा दुईजना सञ्चालक रहन पाउने व्यवस्था पनि थप गरिएको छ । यसअघि बीमकको कुनै खास कामको लागि गठन भएको समिति र उपसमितिमा एक जना सञ्चालक रहने व्यवस्था थियो । तर, अहिलेको निर्देशिकाले भने उपसमितिमा दुईजना सञ्चालक रहन पाउने व्यवस्था खुला गरेको छ ।

निर्देशिकामा उल्लेख भएअनुसार साथै कार्यकारी प्रमुख नियुक्त हुनुअघि ४ वर्षको लागि कार्ययोजना समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । र, बीमा कम्पनीले कार्यकारी प्रमुखसँग कार्यसम्पादन सम्झौता पनि गर्नुपर्ने व्यवस्था गरिएको छ ।

‘कार्यकारी प्रमुख उक्त बीमकको सेवाबाट निबृत भएको छ महिनाको अवधि पूरा नभएसम्म अर्को बीमकको कार्यकारी प्रमुखको रुपमा नियुक्त हुन पाउने छैन’ निर्देशिकामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment