+
+
Shares

सिण्डिकेट नगर्ने कागज गरेर छुटे यातायात व्यवसायी नेता

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २४ गते २:१८

२३ वैशाख, काठमाडौं । हड्ताल गरेको आरोपमा पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ६ जना पदाधिकारीहरु रिहा भएका छन् ।

आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंमा सिण्डिकेट नगर्ने, यातायात सञ्चालन गर्नेलगायतका लिखित प्रतिवद्धतामा हस्ताक्षर गरी उनीहरु रिहा भएका परिरका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए ।

व्यवसायीहरुले कुनै लिखित प्रतिवद्धता जनाउन इन्कार गरे पनि प्रहरीले देशभरीका अन्य यातायात व्यवसायीलाई जस्तै उनीहरुलाई पनि लिखित प्रतिवद्धतामा हस्ताक्षर गरेपछि मात्र रिहा गरेको हो ।

नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले शुक्रबार देशभरीको यातायात बन्द आहृवान गरेको थियो । यातायातमा हड्ताल गरेको आरोपमा महासंघका महासचिव सरोज सिटौला त्यसै दिन पक्राउ परेका थिए भने अध्यक्ष योगेन्द्र कर्माचार्य, उपाध्यक्ष विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल, किरण खड्का भने शनिबार पक्राउ परेका थिए ।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले फेसबुकमार्फत विना शर्त रिहा भएको जनाएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?