Comments Add Comment

अन्तत: सिन्डिकेटले घुँडा टेक्यो, यातायात व्यवसायी कम्पनीमा जान तयार

गृहमन्त्री रामबहादुर थापा (बादल)

२३ वैशाख, काठमाडौं । सिन्डिकेट पक्षधर यातायात व्यवसायीले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिँदै कम्पनीमा जान तयार भएका छन् । यससँगै वर्षौंदेखि कायम सिन्डिकेट पनि अन्त्य भएको छ ।

यातायात मन्त्रालयमा आइतबार राति अबेरसम्म यातायात व्यवसायी र सरकारी पक्षबीच वार्ता भएको थियो । वार्तामा यातायात व्यवसायीले आन्दोलन फिर्ता लिने, कम्पनिमा जाने लगायतका सहमति भएको छ ।

सहमतिको विस्तृत विवरण सोमबार दिउँसो संयुक्त पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने सहमति भएको वार्तामा सहभागी एक उच्च अधिकारीले जानकारी दिए ।

सरकारले यातायात समिति र संघलाई खारेज गर्दै कम्पनीमा दर्ता हुन भनेको थियो । तर, त्यसविरुद्ध २१ गते सांकेतिक बन्द गरेका यातायात व्यवसायीले २७ गतेदेखि अनिश्चितकालीन यातायात हड्ताल गर्ने र सरकारलार्इ घुँडा टेकाउने घोषणा गरेका थिए ।

सरकार यातायात व्यवसायीविरूद्ध सरकार आक्रामक रुपमा प्रस्तुत भयो । हड्तालमा सहभागीहरुलाई पक्राउ गर्ने र रुट परमिट खारेज गर्ने कदम चालेपछि अन्ततः व्यवसायी उल्टै घुँडा टेक्न बाध्य भए ।

२१ गतेको सांकेतिक बन्द लगत्तै यातायात व्यवसायी पक्राउ पर्न थालिसकेका थिए । शनिबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यसहितका पदाधिकारीहरु नै पक्राउ परे । उनीहरूलार्इ सिन्डिकेट नगर्ने र सरकारलाई सघाउने सर्तमा कागज गरेर रिहा गरियो । त्यसलगत्तै आइतबार बेलुका यातायात मन्त्री रघुबीर महासेठसहितको सहभागीतामा वार्ता भएको थियो ।

खासगरी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अत्यावश्यकीय सेवा अवरूद्ध गर्दै हड्ताल गर्नेलार्इ कानुन अनुरूप कारवाही गर्ने स्पष्ट अडान लिएपछि यातायात व्यवसायी पछि हट्न बाध्य भए ।

यो पनि पढ्नुहोस् 

सुन तस्कर र सिण्डिकेटपछि गृहमन्त्रीको ध्यान रक्सीमा !

गृहमन्त्री बादलको उद्घोष– सबै क्षेत्रको एकाधिकार तोड्छौं 

सिण्डिकेट नगर्ने लिखित प्रतिवद्धता जनाएर छुटे यातायात व्यवसायी नेता

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment