+
+

उदयपुरमा मानव कंकाल फेला

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २४ गते १०:१२


२४ वैशाख, उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ३ बर्रेमा मानव कंकाल फेला परेको छ । सदरमुकाम गाइघाटदेखि झण्डै ६५ किलोमिटर पश्चिम साबिक बर्रे गाविस १ को भीरमा लुगा र चप्पलसहितको मानव कंकाल भेटिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

सो कंकाल डेढ वर्षअघि हराएका उदयपुरगढी गाउँपालिका ४ (साबिक डुम्रे ६) का ८८ वर्षीय अहिमान तामाङको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीयका अनुसार तामाङ २०७३ कात्तिक २२ गतेदेखि घरबाट बेपत्ता भएका थिए ।

घटनासथलमा भेटिएको लुगा र चप्पलबाट कंकाल हराइरहेका तामाङको हुनसक्ने उनका आफन्तले बताएको प्रहरीले जनाएको छ ।

महिलाहरु घाँस काट्न जाँदा कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय कटारीका निरीक्षक चन्द्र राजवंशीको टोली घटनास्थल पुगेर कंकालको सर्जमिन मुचल्का उठाएर फर्केको छ । इन्सपेक्टर राजवंशीका अनुसार छोरा पदमबहादुरले चप्पल, टोपी र लुगा आफ्नै बाबुको भएको दावी गरेका छन् ।

परिवारका सदस्यले आफन्त दाबी गरे पनि कानुनी प्रक्रिया पूरा गर्न डीएनए परीक्षणका लागि कंकालको टुक्रा विधिविज्ञान प्रयोगशाला पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?