Comments Add Comment

यशराजको फिल्ममा ‘शम्सेरा’ बन्दै रणवीर

बलिउडमा केही समय ओझेलमा परेका नायक रणवीर कपुर फेरि चम्कने दाउमा लागेका छन् । उनले, अभिनय गरेको चलचित्र ‘सन्जु’ यो बर्ष रिलिज हुँदैछ । यस्तै, उनी अहिले सुपरहिरो चलचित्र ‘ब्रम्मास्त्र’मा पनि काम गरिरहेका छन् ।

अब, उनै रणवीर यशराज ब्यानरले निर्माण गर्न लागेको एक नयाँ चलचित्रमा देखिने पक्का भएको छ । यशराज ब्यानरले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘शम्शेरा’मा रणवीरको निकै फरक अवतार देखिनेछ । यो चलचित्रलाई करण मल्होत्राले निर्देशन गर्दैछन् ।

चलचित्रको एउटा संवाद पनि सार्वजनिक गरिएको छ । जसमा भनिएको छ-‘करम शे डकैत, धर्म से आजाद’ । यो चलचित्रमा रणवीर योद्धाको भूमिकामा देखिन लागेको यसको फस्टलुकबाट वुझ्न सकिन्छ । चलचित्रको बारेमा अन्य केही पनि जानकारी यशराज ब्यानरले दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment