Comments Add Comment

सावधान ! इयरफोनले निम्त्याउन सक्छ मृत्यु

केही समयअघि एउटा दुर्घटनामा सात वर्षीया बालिकाको ज्यान गयो, ड्राइभरले इयरफोन नलगाएको भए उक्त दुर्घटना नहुन पनि सक्थ्यो । डा्रइभरले इयरफोनमा गीत सुन्दै गाढी हाँकेका कारण अबोध बालिकाले अनाहकमा ज्यान गुमाउनु पर्‍यो । भविष्यको सुखद् सम्भावना फक्रन नपाउँदै झर्दैनथ्यो ।

हिजोआज इयरफोनले युवावर्गलाई मात्र नभई हरेक उमेर समूहका मानिसलाई गाँजेको छ । बाटो हिँड्दा पनि मोबाइल हातमा अनि इयरफोन कानमा हुन्छ, बाटोमा खाल्टो नै भए पनि के मतलब । केही नहुन्जेलसम्म केही हुँदैन भनेर हिँडिरहेका हुन्छन् । यसरी आफ्नै बेहोसी ओछ्याएर दुर्घटनालाई स्वागत गरिरहेका हुन्छन् मानिस । चाहेमा सवारी साधन हाँक्दा होस् चाहे पैदल हिँड्दा ।

यसै पनि दुर्घटनाले समयलाई पर्खँदैन । धेरैजसो मामिलामा मानिसकै कमजोरीका कारण दुर्घटना घटित हुन्छ । सडक छेउमा हिँड्दाहिँड्दै पछाडिबाट गाडीले कतिखेर आएर ठक्कर दिने हो पत्तो हुँदैन । अनि यस्तो अधिकांश घटनामा कि बटुवाको कानमा इयरफोन हुन्छ, कि त ड्राइभरको । अनि कतिपय अवस्थामा त दुवैको ।

ट्राफिक नियम छ नि । ड्राइभरले त सवारी साधन हाँक्ने बेलामा इयरफोन घुसार्न पाइँदैन नि कानमा भन्नुहोला । त्यसो भए तपाईंलाई हामीकहाँ नियम मिच्ने मानिसलाई ठूलो ठानिन्छ भन्ने थाहै रहेनछ । अँ, त्यसो भनेर फेरि म पनि त्यसै गर्छुचाहिँ नभन्नुहोला नि, सामान्य कुरामा ध्यान दिँदा पनि अधिकांश ठूल्ठूला दुर्घटना टार्न सकिन्छ ।

केही कुरा त्यस्ता छन्, जसलाई अवलम्बन गर्नाले दुर्घटनाको जोखिम कम हुन्छन् । के छन् त त्यस्ता कुरा, हेरौँ,

-सडकमा यात्रा गर्दा एक जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहोस् । गीतसंगीत सुन्नु वा कुराकानीमा मस्त भएर हिँड्न पाउनु व्यक्तिगत मामिला हो तर यसलाई प्रदर्शित गरेर अर्काको ज्यान जोखिममा पार्नु वा दुर्घटनाको कारक बन्नुचाहिँ व्यक्तिगत मामिला होइन ।

-सडकमा यसरी निष्फिक्री हिँडिरहेका व्यक्तिहरूलाई सचेत गराउनु वा सम्झाउनु पनि हरेक जिम्मेवार नागरिकको कर्तव्य हो । कर्तव्य पालना गर्न पछि नपरौं ।

-तपाईंको एउटा सानो भूल वा भनौं लाइफस्टाइलले तपाईंका साथै कुनै निर्दोष मानिसको मृत्यु निम्त्याउनसक्छ तसर्थ सडक प्रयोग गर्दा अधिकार मात्र नभई कर्तव्यको पनि ख्याल राखौँ ।

-इयरफोन वा हेडफोनमा आउने सानो आवाज पनि ठूलो सुनिन्छ । कानको ज्यादै नजिकबाट आवाज आउने भएकाले साउन्ड लस नगण्य हुन्छ । इयरफोन सुन्नेपर्ने बानी बसेको छ भने सानो आवाजमा सुनौँ, सकेसम्म घरबाहिर पैदल हिँड्दा व ासवारी साधन चलाउँदा यसको प्रयोग नगरौँ ।

-इयरफोन सुनेर हिँडिरहँदा बाहिरी कुरा वा आवाज आदिप्रति खासै ध्यान पुग्दैन । बाहिरी आवाज पनि कम सुनिन्छ तसर्थ खतराको ध्वनि, हर्न आदितिर पनि ध्यान पुग्दैन । फलतः नसोचेको भवितव्य पैदा हुनसक्छ ।

-इयरफोन नसुनी हुँदैन वा यसैमा संगीत सुन्ने सोख छ भने पनि २ घन्टा भन्दा बढी समय चर्को आवाजमा नसुनौँ । यसले कानलाई गम्भीर क्षति पुर्‍याउन सक्छ ।

-आफ्नो इयरफोन अरू कसैलाई प्रयोग गर्न नदिऔँ र अरूको पनि आफूले प्रयोग नगरौँ । यसो गर्दा कानमा हुने ब्याक्टेरियाको संक्रमण तथा अन्य समस्या कम गर्न सहयोग पुग्छ ।

-नाक-कान-घाँटी विशेषज्ञहरूको भनाइलाई आधार मान्ने हो भने अनुपयोगी आवाजहरू प्राकृतिक रूपमै कानको जालीमा ठोक्किएर परावर्तित हुन्छन् । इयराफोन लगाएको अवस्थामा मल्टीपल पि|mक्वेन्सीजहरूको आवाज कानको जालीमा ठोक्किएर फिर्ता त हुन्छ तर फेरि फिर्ता हुन्छ । यसका कारण सबै खालका आवाज कानभित्रै घुमिरहन्छ र हाम्रो कानको नसा कमजोर बन्नपुग्छ ।

-लामो समयसम्म इयरफोनको प्रयोग गरियो भने कानका नसाहरू थकित हुन्छन् । यो कुरा थाहा पाउने बेलासम्म यसले नसासम्बन्धी ठूलै समस्या निम्त्याउनसक्छ ।

-मोबाइल फोन तथा इयरफोनको बढी प्रयोगका कारण श्रवण शक्तिमा र्‍हास आउँछ । अडियोमेटि्र जाँचद्वारा यस्तो समस्या थाहा पाउन सकिन्छ । कानको नसा ड्यामेज भइसक्ने हुँदा यस्तो समस्याको उपचार सम्भव हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment