Comments Add Comment

धनाड्यहरु आफ्नो पैसा कसरी खर्च गर्छन् ?

करोडौं-अर्बौं पैसा आर्जन गर्ने धनाड्यहरु आफ्नो पैसा कसरी खर्च गर्छन् होला ? कुन कुरामा उनीहरु बढी खर्च गर्छन् ? कति गर्छन् ? कसरी गर्छन् ?

स्वभाविक हो, यवात् प्रश्न उठ्नु । सामान्य आम्दानी भएकाहरुले आफ्नो आवश्यक्तालाई प्राथमिकतामा राखेर खर्च गर्छन् । मन खोलेर खर्च गर्न सक्ने अवस्था हुँदैन । त्यसैले कतिपय कुरामा चाहेर पनि खर्च गर्न सकिदैन । तर, धनाड्यको हकमा त्यस्तो हुँदैन । उनीहरुले जे जाहन्छन्, मन खोलेर खर्च गर्न सक्छन् ।

त्यसो भए के धनाड्यहरु अति विलासिताको जीवन भोग गर्छन् ? अति मिठा खानेकुरा खान्छन्, महंगा होटलमा जान्छन् ? धेरैजसो समय स्पा वा पार्लरमा विताउँछन् ? एक पटक लगाएको पहिरन दोस्रो पटक लगाउँदैनन् ?

यसको जवाफ खोजेको छ कोटाक वेल्थ म्यानेजमेन्टको यो रिपोर्टले ।

कपडामा अधिक खर्च

रिपोर्ट अनुसार अर्बपतिले आफ्ना धेरैजसो पैसा (१६ प्रतिशत) कपडा र एसेसरीजमा खर्च गर्छन् । त्यसपछि उनीहरु विदा मनाउने क्रममा धेरै खर्च (१३ प्रतिशत) गर्छन् । तेस्रो नम्बरमा उनीहरु गरगहनाका लागि खर्चन्छन् । यसका लागि उनीहरु १२ प्रतिशत खर्च गर्छन् । यसैगरी अटोमोवाइल एवं सवारी साधनमा उनीहरु १२ प्रतिशत खर्च गर्छन् । घर सजाउनका लागि ९ प्रतिशत, ग्याजेट्सका लागि ९ प्रतिशत, इभेन्टका लागि ९ प्रतिशत खर्च गर्छन् । ६ प्रतिशत पैसा लक्जरी घडी खरिद गर्नमा खर्चन्छन् । जुन व्यक्तिमाथि यो सर्वेक्षण गरियो, त्यसमा ४७ प्रसितशत व्यक्ति ४० बर्षभन्दा कम उमेरका थिए ।

कसरी उनीहरु झरिलो-भरिलो र चुस्त देखिन्छन् ?

आम व्यक्तिको मनमा यो प्रश्न उठ्छ कि, आखिर अर्बपतिहरु कसरी यति फिट र आर्कषक देखिन्छन् ? करिब ७६ प्रतिशत धनाड्य योग गर्छन्, ताकि आफुलाई फिट राख्न सकियोस् । १३ प्रतिशत धनाड्य आफ्नो खानामा विशेष सर्तकता अपनाउने गर्छन् । साथै ३८ प्रतिशत धनाड्य क्रसफिट जिममा आफ्नो पसिना बगाएर फिट रहन्छन् ।

यस्ता ग्याजेट्स एवं एपका क्रेजी छन्

रिपोर्टलाई मान्ने हो भने अर्बपतिमध्ये करिब ५१ प्रतिशत ब्लड ग्लूकोज मिटर ग्याजेट्स प्रयोग गर्छन् । अर्थात धेरैजसो अर्बपति मधुमेहका रोगी छन् । लगभग ४५ प्रतिशत धनाड्य फिटबिट डिभाइस प्रयोग गर्छन्, जसले उनीहरुको गतिविधि ट्र्याक गर्छ । अर्बपतिलाई निन्द्रा पनि कम लाग्छ । यसको तथ्य केबाट पनि थाहा हुन्छ भने, अधिकांश धनाड्य स्लीप हेडफोन प्रयोग गर्छन् । ३४ प्रतिशतले माइफिटनेस पाल एप प्रयोग गर्छ, जसले खानपान ट्र्याक गर्छ । जबकी २५ प्रतिशत अर्बपति फोनमा आफ्नो शारीरिक गतिबिधि ट्रैक गर्ने रनकिपर एप प्रयोग गर्छन् ।

अर्बपतिका लाइफस्टाइल

अमेरिकाका चर्चित फोटोग्राफर लरेन ग्रीनफिल्डले सन् १९९२ मा विश्वभरका धनाड्यको जीवनशैली आफ्नो क्यामेरामा कैद गरेका थिए । उनले आफ्नो जीवनको २५ बर्ष यही काममा विताए । जसै उनले धनाड्यको तस्वीर सार्वजनिक गरे, उनीहरुको जीवनशैलीबारे पनि छर्लङ्ग भयो । धनाड्यहरु के कस्ता सौख पाल्छन् भन्ने कुरा उनको तस्वीरबाट प्रष्ट हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment