Comments Add Comment

मोदी मुक्तिनाथ जाँदा अन्नपूर्ण पदयात्रीलाई सास्ती

दुई दिन हिँडडुल गर्न रोकेकोमा व्यवसायी आक्रोशित

२५ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरका लागि आउन भएपछि स्थानीय प्रशासनले अन्नपूर्ण पदयात्रा मार्गको थोराङ्ला पास हुँदै जाने पदयात्रीलाई पनि रोक्ने रोक्न निर्णय गरेको छ ।

अब अन्नपूर्ण पदयात्रमा रहेका यात्रुहरु, जो थोराङला पास हुँदै मुस्ताङ प्रवेश गर्दैछन्, उनीहरु २८ र २९ गते रोकिनेछन् ।

पर्यटन क्षेत्रमा नकारात्मक असर पार्ने भन्दै पर्यटन व्यवसायीहरुले स्थानीय प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । पर्यटन व्यवसायीहरुका अनुसार यो निर्णयले आन्तरिक तथा बाहृय गरि दुई दिनमा १२ सय पर्यटक प्रभावित हुनेछन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले स्थानीय प्रशासनको निर्णय गैरजिम्मेवारपूर्ण भएको बताए । उनले भने, ‘भिसा निश्चित समयको लागि हुन्छ, टिकट पनि फिक्स हुन्छ । उनीहरुलाई दुई दिन रोक्ने निर्णयले पर्यटन क्षेत्रबारे पुरै नकारात्मक सन्देश बाहिर जान सक्छ ।’

सुरक्षाका हिसाबले केही घन्टा लागि रोक्नु उचित भए पनि हिडडुल नै बन्द गराउनु गलत भएको उनको भनाइ छ ।

मुस्ताङको जिल्ला प्रशासन कार्यालयले २८ र २९ गते मन्दिरका साथै थोरङ्ला पास हुँदै मनाङतर्फ आउने पदयात्रुलाई समेत रोक्ने निर्णय गरेको छ ।

पर्यटन व्यवसायीहरुका अनुसार अन्नपूर्ण क्षेत्रको पदयात्रा अहिले संसारकै उकृष्ट १० मध्येमा परेको छ र रुटमा दैनिक ३ देखि सय पर्यटकको आवागमन हुन्छ । दुई दिनमा लगभग ८ सय जना विदेशी पर्यटक प्रभावित हुन्छन् । विदेशीको संख्या बराबर नै स्वदेशी पर्यटकको पनि त्यहाँ आवागमन हुने गर्छ ।

पर्यटकको पिक सिजनमा सरकारले अव्यवहारिक निर्णय गरेको टानका अध्यक्ष दाहालले बताए । ‘यसबाट विदेशी पर्यटकलाई अनावश्यक रुपमा खर्चको बोझ बढ्छ र थोराङ्लामा अत्याधिक पर्यटक जम्मा हुँदा बासको पनि समस्या आउँछ ।’

टानका पूर्वमहासचिव कर्ण लामा पनि स्थानीय प्रशासनको निर्णय गलत भएको बताउँछन् । ‘सुरक्षाका लागि सजग हुनपर्छ भन्नेमा हामी पनि सहमत छौं तर, दुई दिन हिड्नमा रोक्न लगाउने निर्णय गलत छ’ लामाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment