Comments Add Comment

प्रधानमन्त्रीले जेठमा प्रदेशसभा ३ मा संवोधन गर्ने

प्रदेशसभा ५ मा संबोधन गर्दै प्रधानमन्त्री ओली ।

२५ वैशाख, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश ३ को प्रदेशसभा अधिवेशनलाई संवोधन गर्न हेटौंडा आउने भएका छन् ।

बर्षे अधिवेशनलाई संवोधन गर्न प्रधानमन्त्री ओली जेठ महिनाको कुनै दिन हेटौंडा आउने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

प्रदेशसभाको वर्षे अधिवेशन जेठ १ गते सुरु हुँदैछ । सातैवटा प्रदेशसभालाई संवोधन गर्ने योजना बनाएका ओली कति गते आउने भन्ने टुंगो लागेको छैन ।

प्रदेश सभा सचिवालयले प्रधानमन्त्रीको संवोधनका लागि आवश्यक तयारी थालेको सभामुख श्रेष्ठले बताए । प्रदेशको राजधानीको विषयमा निकै चर्चा भइरहेका बेला प्रधानन्त्रीको संवोधनलाई धेरैले प्रतिक्षा गरेका छन् ।

जेठ १ गतेबाट सुरु हुने प्रदेश सभा बैठकमा १५ गतेसम्म आगामी बर्ष २०७५/७६ को बजेट सम्बन्धी छलफल चल्ने र असार १ गतेसम्म बजेट प्रस्तुत गर्ने प्रदेशसभाको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment