Comments Add Comment

२२ एसपी एसएसपीमा बढुवा सिफारिस (नामावलीसहित)

२५ वैशाख, काठमाडौं । गृहमन्त्रालयको बढुवा सिफारिस समितिले २२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिको मंगलबारको बैठकले जनपद प्रहरीतर्फका २२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवाको सिफारिस सूचीमा राजेन्द्र ढकाल पहिलो नम्बरमा छन् । सहकुल बहादुर थापा, अरुणकुमार बीसी, प्रकाश अधिकारी, सुशील कुमार यादवलगायत बढुवाको सिफारिसमा परेका छन् ।

सोमबार गृहमन्त्रालयले १६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

संशोधित प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् एसएसपीमा बढुवा गर्न सिफारिस नामावली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment