Comments Add Comment

साँफे-मार्तडी राजमार्ग पहिरोले बन्द

प्रतीकात्मक तस्वीर

२६ वैशाख, बाजुरा । साँफे-मार्तडी राजमार्गअन्तर्गत पर्ने बूढीगंगा नगरपालिका-१, अम्कोटको द्वारीमा मंगलबार राति आएको पहिरोले सडक बन्द भएको छ ।

सडकको माथिपट्टिबाट ठूलो ढुंगा आएर बीच सडकमा अड्किएपछि बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए ।

जेसिवी प्रयोग गरेर बाटो खोल्न खोज्दा सम्भव नभएपछि स्काभेटर नै प्रयोग गर्नुपर्ने भएको प्रहरी उपरीक्षक वलीले बताए ।

सडक बन्द भएपछि लामो र छोटो दूरीका यातायातका साधन रोकिएका छन् । सडक खोल्ने प्रयासका लागि पिएस कम्पनीलाई आग्रह गरिएको प्रहरी प्रमुख वलीको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment