+
+

५ किलो चरेससहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २६ गते १९:०८

२६ वैशाख, वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिकाबाट प्रहरीले लागू औषध चरेससहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका-१ तिनडोबिया बस्ने २२ वर्षे चन्दन पटेल पक्राउ परेका हुन् ।

प्रहरी चौकी बिन्दबासिनी र प्रहरी चौकी खेस्राहबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा पटेलको साथबाट पाँच किलोग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी राजन लिम्बुले बताए ।

बीआर २२ सी०४३२ नम्बरको मोटरसाइकलमा पटेल शंकास्पद अवस्थामा भिष्वाबाट वीरगञ्जतर्फ आउँदै गर्दा चेकजाँचको क्रममा प्रहरीले चरेससहित पक्राउ गरेको हेा ।

पटेललाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा राखिएको प्रहरीले जनाएको छ ।

त्यसैगरि प्रहरीले पटेर्वासुगौली गाउँपालिका-२ बाट ७ थान सालको गोलिया काठसमेत बरामद गरेको छ ।

अवैध रुपमा जंगलबाट कटान गरी ल्याउँदै गर्दा प्रहरी चौकी रंगपुरटाडीको गस्तीलाई देखेर काठ तस्करहरु काठ छोडी भागेकोले उनीहरुलाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको काठ प्रहरी चौकी रंगपुर टाँडीमै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?