Comments Add Comment

हावाहुरीबाट मृत्यु भएकाको परिवारलाई १ लाख राहत, घर भत्किएकालाई २ बण्डल जस्तापाता

२६ वैशाख, काठमाडौं । सरकारले मंगलबारको हावाहुरीबाट मृत्यु भएकाको परिवारलाई सरकारले १ लाख रुपैयाँ राहत दिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले हावाहुरीबाट घर क्षति भएकाहरुलाई आवासको व्यवस्था गर्न तत्काल २ वण्डल जस्तापाताको व्यवस्था गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै गत असार साउन महिनामा गएको बाढी र केही दिनअघिको असिना पानीबाट पीडितलाई राहत दिने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

यी सबै प्राकृतिक प्रकोप पीडितहरुलाई राहत वितरणका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्दार तथा राहत कोषबाट गृह मन्त्रालय मातहतको केन्द्रीय दैवीप्रकोप उद्दार समितिमा १ अर्ब रुपैयाँ निकासा दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

मन्त्रिपरिषद्ले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ स्वीकृत गरेको छ । मार्गदर्शनको कार्यान्वयनले विकास र निर्माण क्षेत्रमा लगानी वृद्धि गर्न प्रोत्साहन मिल्ने र अनुत्पादक क्षेत्रको खर्च कटौती हुने राज्यमन्त्री बास्कोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment