Comments Add Comment

जनकपुरमा मोदीको दुई घन्टा, सहयोग परियोजना घोषणाको तयारी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे जानकारी दिन महावाणिज्य दूतावासले गरेको पत्रकार सम्मेलन ।

२७ वैशाख, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहयोग परियोजना घोषणा गर्न सक्ने देखिएको छ । मोदी भोलि पटनाबाट जनकपुर आउनेछन् ।

भारतीय वायु सेवाको विमानबाट १०:३० मा आउने मोदीले जनकपुरमा २ घन्टा विताउनेछन् । उनलाई त्यहाँ रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन् । विमानस्थलबाट उनी जानकी मन्दिरमा जानेछन् ।

त्यहाँ नेपाली समकक्षी केपी शर्मा ओलीले मोदीलाई स्वागत गर्नेछन् । मोदीले मन्दिरमा करिव ६ मिनेट पूजा अर्चना गर्नेछन् । लगत्तै दुवै प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।

रामायण सर्किट अन्तरगत जनकपुर अयोध्या बस सेवाको दुई प्रधानमन्त्रीले संयुक्तरुपमा उदघाटन गर्ने कार्यक्रम छ ।

त्यसपछि बाह्रविघा मैदानमा नागरिक अभिनन्दनको कार्यक्रम छ । १२:२५ मा अभिनन्दन कार्यक्रम सकिनेछ र मोदी राजनीतिक भेटवार्ताका लागि काठमाडौं आउनेछन् । प्रधानमन्त्री मोदीको यो भ्रमण छिमेकी पहिलो भन्ने नीतिको कार्यान्वयन भएको वीरगञ्जस्थित भारतका महावाणिज्यदूत बीसी प्रधानले बताए ।

सहयोग परियोजना घोषणा गर्न सक्ने

महावाणिज्यदूत प्रधानका अनुसार भारतले रेल, पानी र कृषि क्षेत्रसँग जोड्न चाहेको छ । बिहीबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘केही स्थानमा यही परियोजना घोषणा हुनसक्छ ।’

मोदीको भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको हालै भएको भारत भ्रमणका क्रममा भएका सम्झौता र घोषणा कार्यान्वयनबारे छलफल पनि हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment