+
+

नेपालीसँग रहेको भारु सटहीमा मोदी सरकार किन मौन ?

बीबीसी हिन्दी बीबीसी हिन्दी
२०७५ वैशाख २८ गते ०:४२

२६ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोटबन्दी घोषणा गर्दा मिथिला उपाध्याय दिल्लीमा थिइन् । उनका पति दीपकुमार उपाध्याय भारतका लागि नेपालका राजदूत थिए ।

मोदी नेपाल आउँदै गर्दा मिथिला लुम्बिनी नजिकै आफ्नो घरमा छिन् र उनीसँग ५०० र एक हजार नोट करिव १०/१५ हजार मूल्यको भारु मुद्रा छ । उनलाई आश छ कि एक दिन भारत सरकारले यसलाई साट्ने सुविधा दिनेछ ।

‘यदि केही भएन भने हामी मानिसहरुलाई देखाउँछौं कि हेर भारतले कुनै समय यस्तो पैसा चलाउथ्यो । अरु के गर्नु ? पानीमा त बगाउन सक्दैनौं, बजारमा चल्दैन’ उनले हाँदै बीबीसी हिन्दीसँग भनिन्, हाम्रो कुरा छाड्नुस्, मोदीजीको आमा पनि पैसा साट्न गएकी थिइन् ।’

मिथिलाले मात्र होइन, धेरैलाई आश छ कि भारतले नेपालमा भएको भारु सटहीको मौका दिनेछ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा यस विषयमा कुनै प्रगति भएन ।

अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा पनि यो मुद्दा प्राथमिकतामा परेको छैन ।

सुरुवातीमा नोट सटहीका विषयमा नेपाल राष्ट्र बैंक र भारतको रिजर्भ बैंक अफ इन्डियाका अधिकारीबीच केही छलफल भयो । तर, अहिले छलफल पनि बन्द जस्तै भएको छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल भन्छन् ‘अब यो विषयमा राष्ट्र बैंंक र रिजर्भ बैंक अफ इन्डियाले छलफल गरेर केही हुुँदैन । मन्त्रालय लेवलबाटै टुंगाउने विषय हो ।’

पौडेलका अनुसार भारु ५ सय र १ हजारका नोटहरु बैकिङ प्रणालीमा ७ करोड बराबर छ । जनतासँग के कति छ भन्ने बारेमा राष्ट्र बैंकसँग आधिकारिक आँकडा नभए पनि यस्तो रकम ८ अर्ब बराबर रहेको धेरैको आंकलन छ ।

यद्यपि सरकारी अधिकारीहरु अहिले पनि भारु सटही सरकारको प्राथमिकतामा रहेको दाबी गर्छन् । अर्थ मन्त्रालयका प्रवक्ता किशोरजंग कार्की भन्छन् ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पनि हामीले यसलाई प्राथमिकतामा राखेका थियौं । अहिले अर्थ मन्त्रालयले एजेण्डाका रुपमा प्रस्तुत गर्छ ।’

बीबीसीसँगको कुराकानीमा नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले दुई देशबीच छलफल भइरहेको बताएका छन् ।

उनले भने, ‘नेपालका मानिसहरुलाई त्यही समयसीमा उपलब्ध थियो, जुन भारतमा हामीलाई थियो । तर, अहिले हाम्रो र नेपालको बीचमा कुराकानी भइरहेको छ । यसबारे सरकार सचेत छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?