Comments Add Comment

ईयूकी राजदूतको ट्वीटः नाकाबन्दी अपराध हो मिस्टर मोदी !

२७ वैशाख, काटमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको अघिल्लो दिन समाजिक सञ्जालहरुमा नाकाबन्दी चर्चामा छ । नेपालले संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी अपराध भएको मत राखेका छन् ।

#BlockadeWasCrimeMrModi ट्वीटर ट्रेन्डिङमा छ । यसमा कतिपयले मोदीलाई नागरिक अभिनन्दन गर्न नहुने मत राखेका छन् भने कतिपयले मोदीले माफी माग्नु पर्ने बताएका छन् ।

यो बहसमा अब युरोपली युनियनका राजदूत रेन्जी टिरिन्क पनि सहभागी भएकी छन् । उनी हाल बंगलादेशका लागि ईयूकी राजदूत हुन् । त्यसअघि नेपालमा थिइन् ।

उनले नाकाबन्दीको समयमा पेट्रोलका लागि लागेको लामो लाइनको फोटोसहित लेखेकी छन्, ‘यो तस्वीर भुल्न गाह्रो छ । #BlockadeWasCrimeMrModi

युरोपेली युनियनकी राजदूतका रुपमा २०१३ मा आएकी उनी नाकाबन्दीका समयमा नेपालमै थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment