+
+

बाँध फुट्दा केन्यामा ४१ जनाको मृत्यु, बाढी–पहिरो विस्थापितको संख्या २ लाख नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २८ गते ७:२१


२८ वैशाख, काठमाडौं । केन्याको नाकुरु प्रदेशमा रहेको एउटा बाँध भत्किँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने कैयन हराइरहेका छन् ।

बाँध भत्किएपछि त्यसकाे वरिपरि रहेका झण्डै २५ सय स्थानीय बासिन्दा विस्थापित भएको प्रहरी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

क्षेत्रीय अपराध अनुसन्धान कमाण्डर गिडेन किबुन्जाले उनीहरूको मृत्यु भएको, केही व्यक्ति हराइरहेको र मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको बताएका छन् ।

बाँध भत्किएपछि बगेको पानीले घरहरु, विद्यालय भवनहरु र व्यापारिक कार्यालयहरू पनि क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

घटनामा परी अहिलेसम्म ४१ जनाको मृत्यु भइसकेको  र अरु धेरै जना अझै पनि बेपत्ता रहेकाे अधिकारीहरूले पुष्टि गरेका छन् ।

प्रभावितहरूलाई स्थानीय बासिन्दा, रेडक्रसका स्वयंसेवक, प्रदेश प्रकोप व्यवस्थापन कार्यालयको टोलीलगायतले खोजी तथा उद्धारमा सघाएका थिए ।

उनीहरूले माटो र हिलोमा पुरिएका झण्डै ४० भन्दा बढीलाई उद्धार गरेर अस्पताल लगेको पनि जनाएका छन् ।

हिलो माटोले पुरिएका वा बगाएका अरु पनि धेरै हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन् ।

प्रदेशका सरकारी अधिकारीहरूले बाँधको पानी घर तथा मानिसहरू भएको ठाँउतिर गएकाले ठुलो क्षति भएको हो ।

बाढी पहिरोका कारण गत दुई महिनामा देशभर गरेर कुल १३० जनाको मृत्यु भएको छ भने दुई लाख २० हजार भन्दा बढी विस्थापित भएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?