Comments Add Comment

मंगल ग्रहमा हेलिकप्टर पठाउने नासाको योजना


अमेरिकी अन्तरीक्ष संस्था नासाले इतिहासमै पहिलोपटक मंगल ग्रहमा हेलिकप्टर प्रक्षेपण गर्ने भएको छ ।

सन् २०२० मा नासाले प्रक्षेपण गर्ने मार्स हेलिकप्टर मंगल ग्रहको सतहमा अवतरण गरेसँगै त्यहाँ रहेको नासाको मार्स रोभरसँग संयोजन हुनेछ ।

नासाको डिजाइन टिमले यस हेलिकप्टरको डिजाइनका लागि पछिल्लो ४ वर्षदेखि मेहेनत गरिरहेका छन् र यसको आकारलाई घटाएर सफ्टबल जत्रै बनाउन सफल भएका छन्, जसको तौल १८ सय ग्राम रहेको छ ।

यो मंगल ग्रहको वायुमण्डलमा उडान भर्नसक्ने गरी डिजाइन गरिएको छ, जहाँको वायुमण्डल पृथ्वीको भन्दा १ सय गुणा पातलो छ ।

स्मरण रहोस् सन् १९८० को दशकमा तत्कालिन सोभियन संघले दुईवटा बेलुन शुक्र ग्रहको वायुमण्डलमा छाडेको थियो । तर नासाले मंगल ग्रहमा पठाउने हेलिकप्टर अर्को ग्रहको वायुमण्डलमा उडान भर्ने हावा भन्दा गह्रौँ पहिलो यान हुनेछ ।

नासाको वायुमण्डलमा उडान भर्ने हेलिकप्टरको पंखा प्रति मिनेट ३ हजार पटक घुम्नेछ, जुन पृथ्वीमा उडान भर्ने साधारण हेलिकप्टरको तुलनामा १० गुणा बढी हो ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment