+
+

ललितपुरको एक उद्योगमा आगलागी, २ करोड बढी क्षति

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ३१ गते ८:५५
फाइल तस्वीर

३१ वैशाख, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित–७ स्थित एक उद्योगमा गएराति आगो लाग्दा २ करोडभन्दा बढीको क्षति भएको छ ।

नर्कटेचोकमा रहेको समृद्धि प्रिन्ट एण्ड प्याकिङ उद्योगमा राति आगो लागेको हो । सो उद्योग स्थानीय दिनेश सुवेदीको हो । आगलागीबाट २ करोड २० लाख रुपैयाँ बराबरको क्षति भएको ललितपुर प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।

राति १० बजेतिर लागेको आगो सोमबार बिहानपखमात्रै निभाइएको थियो । आगो निभाउन काठमाडौं र ललितपुरका दमकल, प्रहरी र स्थानीय खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?