३१ वैशाख, वीरगञ्ज । वीरगञ्जको मुर्लीमा भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेमध्ये होजा राउत गद्दीको मात्रै परिचय खुलेको छ । अन्य दुई जना घाइतेको परिचय खुलेको छैन ।
तीन जना सवार ना ४९ प ४४६२ नम्बरको स्कुटी ना २ ह ६६६ नम्बरको अटो रिक्सामा ठोक्किएर दुर्घटना भएको थियो । गद्दी अटोमा सवार थिए । मोटरसाइकल चालक र पछाडि बसेका एक जना गरी दुई जना घाइते छन् ।
उनीहरु कुन स्वास्थ्य संस्थामा उपचारका लागि गए भन्ने जानकारी नै हुन नसकेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक कुमार मैनालीले जानकारी दिए ।
‘स्कुटीमा तीन जना बसेका रहेछन् । प्रहरीलाई देख्ने बित्तिकै गति बढाएकोले अटोमा गएर ठोक्किएका हुन्’ उनले भने ‘घाइतेहरुको अवस्था सामान्य छ, गाडी दुवै हाम्रो नियन्त्रणमा छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4