Comments Add Comment

आमा छोराविरुद्ध मोदीको यो उग्र भाषण, जसले राष्ट्रपति गुहार्न बाध्य भए मनमोहन सिंह

कांग्रेसका नेता ! कान खोलेर सुनद्द यो मोदी हो, हिसाबकिताब गाह्रो पर्ला

१ जेठ, नयाँ दिल्ली । भारतको कर्नाटक राज्यमा नरेन्द्र मोदीको लहरले कांग्रेस पराजित भइरहँदा पूर्व प्रधानमन्त्री तथा कांग्रेस आइका नेता डा.मनमोहन सिंह भने मोदीविरुद्ध उजुरी लिएर राष्ट्रपति भवन पुगेका छन् ।

मोदीले कर्नाटक चुनाव अभियानका क्रममा अमर्यादित भाषा प्रयोग गरेको र जे पनि गर्न सक्ने अधिनायकवादी धम्की दिएको भन्दै सिंहले राष्ट्रपति गुहारेका हुन् ।

मोदीले नेपाल आउनुपूर्व कर्नाटक राज्यको हुबलीमा आयोजित चुनावी सभामा कांग्रेस नेतृ सोनिया गान्धी र अध्यक्ष राहुल गान्धीलाई ‘दागी माँ बेटे’ भन्दै उनीहरु ५ सय करोडको घोटालामा अदालतबाट जमानतमा छुटेको बताएका थिए ।

मोदीले भाषणमा भनेका थिए, जुन पार्टीका मुखिया जमानतमा चलिरहेका छन्, उनीहरुले ममाथि औंला उठाउने ? कांग्रेसका नेता कान खोलेर सुन्नुस्, सीमा पार गरेउ भने यो मोदी हो, लिनेको दिने परौला ।

मोदीको उक्त भाषणको भिडियो क्लिपसहित पूर्व प्रधानमन्त्री सिंहले राष्ट्रपति रामनाथ कोविदलाई प्रश्न लेखेर कडा शब्दमा आपत्ति जनाएका छन् । भारतीय राष्ट्रिय कांग्रेसले मोदीमाथि प्रधानमन्त्री पदको मर्यादा बिपरीत उत्तेजक र आपत्तिजनक अभिव्यक्ति दिदै हिडेको आरोप लगाएको छ ।

कांग्रेसका धेरै बरिष्ठ नेताहरुले समेत हस्ताक्षर गरेको पत्रमा भनिएको छ-लोकतान्त्रिक राज्य व्यवस्थामा प्रधानमन्त्रीले सरकार प्रमुखका हैसियतमा विपक्षी दलका नेताविरुद्ध धम्कीपूर्ण र उक्साहटपूर्ण शब्दको प्रयोग गर्ने विषय कल्पना गर्न पनि सकिन्न । तर, मोदीले कांग्रेस नेतृत्वलाई दिनु धम्की निन्दनीय छ ।

बिगतमा भारतका सबै प्रधानमन्त्रीले सार्वजनिक र निजी कामकाजमा पदीइ मर्यादा कायम गरेको दृष्टान्त दिँदै कांग्रेस पार्टीले मोदीका अभिव्यक्ति कुनै पनि हालतमा स्वीकार्य नभएको जनाएको छ ।


राष्ट्रपतिलाई बुझाइएको कांग्रेस आइको पत्रमा भनिएको छ-कुनै पनि संवैधानिक र लोकताीन्त्रक सरकार भएको देशमा प्रधानमन्त्रीको यो भाषा हुन सक्दैन । चाहे सार्वजनिक पपमा होस वा व्यक्तिगत रुपमा यो भाषा स्वीकार्य छैन ।

नरेन्द्र मोदीको उदयसँगै भारतको कुनै समयको सर्वशक्तिमान पार्टी कांग्रेस आइ निरन्तर ओह्रालो यात्रामा छ । यसबीचमा सोनिया गान्धीले छोरा राहुल गान्धीलाई नेतृत्व सुम्पिएकी छन् । तर, पनि राहुलले बिभिन्न प्रदेशमा भइरहेका चुनावहरुमा राम्रो नतिजा निकाल्न सकेका छैनन् ।

कांग्रेसको गढ मानिएको कर्नाटकमा भएको चुनावमा समेत बिजेपीले कांग्रेसको सत्ता ढालेको छ । मोदी झन् झन् कांग्रेस नेतृत्वविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । पछिल्लो चुनावी अभियानमा आमा छोरा विरुद्धनै जाइलागेपछि कांग्रेस राष्ट्रपति गुहार्न बाध्य भएको हो ।

कांग्रेसले कर्नाटकको चुनावमा मौन अवधि शुरु भएकै बेला मोदीले नेपाल भ्रमण गरेर मठ मन्दिरहरुमा पुजाअर्चना गरि हिन्दू मतदातालाई प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाएको थियो । भारतीय मिडिया र विश्लेषकहरुले पनि मौन अवधिका क्रममा मोदीले नेपालका प्रसिद्ध हिन्दू तीर्थस्थल जानकी मन्दिर,पशुपतिनाथ र मुक्तिनाथको अर्थपूर्ण पुजाअर्चना गरेर चुनाव प्रचार गरेको टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment