आइतबार, १३ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रदेशसभामा चर्काचर्की

Suzuki
विक्रम रौनियार

१ जेठ, जनकपुरधाम । जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रति प्रदेशसभामा चर्काचर्की भएको छ । मधेस केन्द्रित दल संघीय समाजवादी फोरम र राजपा नेपालले मुख्यमन्त्रीको अभिव्यक्तिको बचाउ गरे भने नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले विरोध जनाएका छन् ।

जनकपुरमा भएको नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री राउतले प्रदेश २ केन्द्र सरकारको विभेदका कारण पछि परेको र विभेदकारी संविधानका विरुद्ध आफूहरुको संघर्ष जारी रहेको अभिव्यक्ति दिएका थिए ।

मंगलबारको प्रदेशसभा बैठकमा संघीय समाजवादी फोरमका सांसद रामआशिष यादवले मुख्यमन्त्रीले प्रदेशको गरिमा र जनताको भावना अनुसार बोलेको भन्दै यसमा टीका टिप्पणी नगर्न आग्रह गरे । उनले मुख्यमन्त्रीको भनाइप्रति भइरहेको टीका टिप्पणी तर्कसंगत नरहेको पनि जिकिर गरे ।

राजपा नेपालकी सांसद डिम्पलकुमारी झाले मुख्यमन्त्रीको भनाइको विषयमा पहाडीहरुले मात्र नराम्रो टिप्पणी गरेको आरोप लगाइन् । ‘मुख्यमन्त्रीको विषयलाई लिएर केही पहाडीहरुले गरेको टिकाटिप्णीको घोर भ्रत्सना गर्छु । मोदीको भ्रमणले रोटी बेटीको सम्बन्धलाई थप मजबुत बनाउने काम भएको छ’ उनले भनिन् ‘मुख्यमन्त्रीले प्रदेशमा कुरा राख्दा पहाडी मुलुकका केही ब्यक्तिलाई किन टाउको दुखेको ?’

सांसद झाले मुख्यमन्त्रीको अभिव्यक्ति प्रदेश २ को जनताको पक्षमा ठीक भएको भन्दै केन्द्र सरकारलाई पनि टाउको नदुखाउन आग्रह गरिन् ।

नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले भने मुख्यमन्त्रीको अभिव्यक्ति बेठीक भएको बताए । ‘गाजल आँखामा लगाउदा राम्रो देखिन्छ,  त्यही गाजल अनुहार लाग्यो भने कालोमोसो हुन्छ’ उनले भने ‘प्रदेशको समस्या विदेशी पाहुनाको अगाडि राखनु कतिको उचित हो ?’

सांसद चौधरीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको प्रदेशको नेपालको समस्याबारे जानकारी गराइराख्नुपर्ने आवश्यकता नै नभएको बताए ।

कांग्रेस सांसद शोभा लामाले सांसद डिम्पल झाले पहाडी समुदायप्रति गरेको टिप्पणीको विरोध जनाइन् । ‘माननीयज्यूले पहाडीको किन टाउको दुख्यो भन्नू राम्रो होइन, मधेसमा पहाडी बसेका छन्, पहाडमा मधेशी बसेका छन् । त्यसरी दिने अभिव्यक्तिले बिखण्डन ल्याउँछ’ उनले भनिन् ।

नेकपा एमालेकी सांसद मञ्जु यादवले नरेन्द्र मोदीको नागरिक अभिनन्दनमा राष्ट्रिय गान नबजाएकोमा विरोध जनाइन्। ‘औपचारिक कार्यक्रम थियो । राष्ट्रिय गान किन बजाइएन । कस्को गल्ती हो ?’ उनले प्रश्न गरिन् ।

प्रदेशसभाको बैठकमा सांसदहरुले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणबारे संसदमा जानकारी नगराएकोमा विरोध जनाएका थिए । उनीहरुले मोदीको भ्रमण तयारी, स्वागत र सत्कारमा लागेको खर्चको हिसाब बुझाउन पनि माग गरेका छन् । मोदी भ्रमणको बेला कार्यकर्ता पोस्ने काम भएको भन्दै यथार्थ हिसाब बुझाउन सांसदहरुले प्रदेश सरकारसँग माग गरेका छन् ।

कांग्रेस, एमाले र माओवादी सांसदहरुले भाजपा सांसद कृति आजादले मोदी जनकपुर फिर्ता माग्न गएको भनी दिएको अभिव्यक्तिको प्रदेशसभाले आपत्ति जनाउनुपर्ने धारणा पनि राखेका थिए । उनीहरुले अभिनन्दन कार्यक्रममा मैथिली भाषा प्रयोग नगरिएको र उपमहानगरपालिकाले अभिनन्दन गर्दा प्रदेश सरकारका मन्त्रीले कार्यक्रम उद्घोषण गर्नु कत्तिको उचित हो भनी प्रश्न गरेका थिए ।

जनकपुर उपमहानगरपालिकाले गरेको मोदीको नागरिक अभिनन्दन कार्यक्रमको उद्घोषण प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले गरेका थिए ।

२०७५ जेठ १ गते १७:४२ मा प्रकाशित (२०७५ जेठ २ गते ९:२९मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • मधेशी लेख्नुहुन्छ    |   २०७५ जेठ १ गते २३:३४

    “नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले भने मुख्यमन्त्रीको अभिव्यक्ति बेठीक भएको बताए”
    -चोौधरि जि, बाहुनेले अफगाबनिस्नतानबाट बोकेर लियाएको टोपि लगाएर हिडनु र अब जनजातिहरुलाई शाहबशको लठैत भएर राखेको जस्तै बाहुनको कमाए भएर बस्नु बाहेक अरु तेरु यो संबिधानमा बाहुनले देशको संरचनामा गरेको केहि हैसियत राखेको छैन।

    “नेकपा एमालेकी सांसद मञ्जु यादवले नरेन्द्र मोदीको नागरिक अभिनन्दनमा राष्ट्रिय गान नबजाएकोमा विरोध जनाइन्। ‘औपचारिक कार्यक्रम थियो । राष्ट्रिय गान किन बजाइएन । कस्को गल्ती हो ?’ उनले प्रश्न गरिन् । ”
    ऊत्तर: याटदव जि, रामेश्रर यादव, सुर्य नारयण यादव, सिरहा ई दोगलाहरु मधेधि जनता भन्दा र यादबको नाऊमा कलंग हो जो आफ्नो स्वार्थको लागि सबै मधेशीलाई बेचे,जस्तो प्रच्डले १७००० निमुखा गरिब गरिब, निमुखा र राणा शाहबाट अपहेलित जनतालाई सपणा देखाएर बेचे जस्तै हो । आफ्नो स्वाभिभान र कृष्ण बंशजको अपमाण न गर जो अपहेलित जनताको लागि लडे। काले मधेशि लाल बहादुर पंडितलाई मधेशिको नाऊँमा कालो भनेर भधेश चिनाऊने जस्तै तलाई एमालेले पालेर राखेको जस्तओ छ । अाफ्नो दिमागले सोच।

    “कांग्रेस सांसद शोभा लामाले सांसद डिम्पल झाले पहाडी समुदायप्रति गरेको टिप्पणीको विरोध जनाइन् । ‘माननीयज्यूले पहाडीको किन टाउको दुख्यो भन्नू राम्रो होइन, मधेसमा पहाडी बसेका छन्, पहाडमा मधेशी बसेका छन् । त्यसरी दिने अभिव्यक्तिले बिखण्डन ल्याउँछ’ उनले भनिन् ।”

    शयद पहाडि भनेर गल्ति गरेको छ । पहाडि भन्दा राणा शाह काश्मिरबाट नेपाल छिरेको र बाहुनलाई कव्रोत्रो ख्वाएर डांडा कटाएको बाहुनको बारेकोमा मात्रे भन्ने हुन्थियो। तर बाहुन न परे। लामाहरुले देेशको स्वांभिमानको रक्छा गरेको छ।

    “कांग्रेस, एमाले र माओवादी सांसदहरुले भाजपा सांसद कृति आजादले मोदी जनकपुर फिर्ता माग्न गएको भनी दिएको अभिव्यक्तिको प्रदेशसभाले आपत्ति जनाउनुपर्ने धारणा पनि राखेका थिए ।”

    ई कृति आजादले नेपालको बाहुन जस्तै कोशि, माहाकालि भारतलाइ बेचेर खुशि बनाएर नेपालामा राज गरे जस्तो भधेशि कहिलै गर्दैन।

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this